कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु, तीन वेपत्ता (अपडेट)

कालिकोटको नाग्ममा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु, तीन वेपत्ता (अपडेट)

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । 

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यपार व्यवसाय ४० वर्षीय परेक शाही, उनको ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही रहेका छन् । उनकी श्रीमती पुन्या शाही र स्थानीय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । 

उक्त पहिरोमा तीनजना अझै वेपत्ता छन् । स्थानीय मनवीर कटुवाल, आइती खड्का र उनको मासु पसलमा मासु काट्ने व्यक्ति वेपत्ता छन् । उनीहरुको खोजीमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागिरहेका छन् ।

पहिरोमा चार घर पहिरोमा पुरिएको डिएसपी ओलीयाले बताए । उनले पहिरोमा थप वेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा आएका ग्राहक पनि पुरिएको हुनसक्ने डिएसपी ओलीयाले बताए । जिल्लाबाट इन्स्पेक्टर यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटनास्थल पुगेर वेपत्ताको खोजी कार्यमा जुटेको छ 



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.