कोरोनाबाट मृत्यु भएका उदयपुरका शिक्षकको परिवारका सबैजनाको रिपोर्ट नेगेटिभ

कोरोनाबाट मृत्यु भएका उदयपुरका शिक्षकको परिवारका सबैजनाको रिपोर्ट नेगेटिभ

उदयपुर : मृत्युपछि कोरोना पुष्टि भएका उदयपुरको त्रियुगा नगरपालिकाका ४ मिलनचोकका ५२ वर्षीय शिक्षकको परिवारका ६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बिरामीको उपचारमा सँगसँगै रहेकी श्रीमती, दुई छोरा, दुईजना भतिज र ज्वाईमा कोरोना रिर्पोट नेगेटिभ आएको हो । त्रिवि शिक्षण अस्पताल महराजगंज काठमाडौं र प्रदेश नम्बर १ को कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । 

उनले भने, 'मृतकसँगै अस्पतालमा रहेका चार र घरमा रहेका दुई छोरा गरी ६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ, मृतक शिक्षकको शुक्रबार नै नेपाली सेनाले अन्त्येष्टि गरिसकेको छ ।'

काठमाडौंमा रहेकी श्रीमतीसहित चारजनालाई काठमाडौंमा र उदयपुर घरमा रहेका दुई छोरालाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार स्वाब संकलन गरेको थियो । बुवाको काजकिरियामा छोराहरु बस्नुपर्ने भएपछि अन्त्येष्टि गर्नुअघि नै उनीहरुको स्वाब लिइएको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । उनले भने,' हिन्दु संस्कारअनुसार काजकिरियामा बसेपछि १३ दिनसम्म कसैले छुन नमिल्ने भएकाले, अगाडि नै स्वाब लिइएको हो ।’

भदौ ९ गते उपचारका क्रममा शिक्षण अस्पतालमा श्रीमानको मृत्यु पछि मृत्यु संस्कारका लागि नै अन्यौलमा रहेकी श्रीमती शनिबार रिर्पोट आएसँगै घर फर्किएर काजकिरियामा बसेकी छिन् ।कोरोनाकाकारण उदयपुरमा मृत्यु भएको यो पहिलो घटना हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.