कालिकोट पहिरोमा पुरिएर एकै परिवारका ४ सहित १० जनाको मृत्यु, दुई घाइते

कालिकोट पहिरोमा पुरिएर एकै परिवारका ४ सहित १० जनाको मृत्यु, दुई घाइते

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । आइतबार बिहन साढे ७ बजे गएको पहिरोमा परी पुरिएर १० जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यपार व्यवसाय गरि बसेका ४० वर्षीय परेक शाही, उनको छोरा ५ वर्षीय निराजन शाही, उनको दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही छन् ।

यस्तै  ३५ वर्षीय मनवीर कटुवाल, ४५  वर्षीया आइती खड्का, ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीय छोइनो दमाई,  ६ वर्षीय गजेन्द्र दमाई, २३ वर्षीय अमृत थापा छन् ।

मृतक परेक शाहीकी पत्नी पुन्या शाही र स्थानीय अर्जुन हमालको जीवीत नै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाक्इएको छ । आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सक्रियतामा खोजी तथा उद्वार भइरहेको छ । पहिरोमा दुई खुद्रा पसल भएका घर र दुई कुखुरा पालनका घर भएकाले समान लिन आएका मानिसहरु पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.