ठिमी वृत्तका थप ५ कैदीबन्दीलाई कोरोना

ठिमी वृत्तका थप ५ कैदीबन्दीलाई कोरोना

भक्तपुर : महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासतमा रहेका थप पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सोमबार चार पुरुष र एक महिला गरी पाँचजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यसअघि सहकारीको रकम हिनामिना गरेको आरोपमा वृत्तको प्रहरी हिरासतमा रहेका दुई जनामा कोरोना संक्रमण भएको थियो। भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित हितैषी सहकारीको करिब ३ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये दुई पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

उक्त मुद्दाका बाँकी चार पुरुष र एक महिलामा पनि कोरोना संक्रमण भएको छ। उनीहरु सातै जना २५ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए। उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेसीको लागि प्रस्तुत गर्ने क्रममा कोरोना परीक्षण गर्दा सुरुमा २ जनामा कोरोना भाइरस संक्रमण देखिको थियो। उनीहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अदालत भक्तपुरले अभियोगपत्र फिर्ता गरेको छ। अदालतले सरकारी वकिलको कार्यालयमा अभियोगपत्र फिर्ता गरेको थियो।

अदालतले बाँकी रहेका अन्यको समेत स्वास्थ्य परीक्षण गरेरमात्र अदालतमा पेस गर्न भनेपछि उनीहरुको पनि कोरोना भाइरस संक्रमण परीक्षण गरिएको वृत्तले जनाएको छ। बाँकी पाँच जनाको कोरोना परीक्षण गर्न आइतबार स्वाब लिइएको थियो। जुन परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए। उनका अनुसार उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ। यसअघिका दुई जनाको उपचार चाँगुनारायण नपा ७ खरिपाटीस्थित आइसोलेसन वार्डमा भइरहेको छ।

प्रहरी नायब उपरीक्षक कँडेलले हिरासतमा रहेका संक्रमितहरुको सम्पर्कमा गएका वृत्तका प्रहरी कर्मचारीहरुको पहिचान गर्ने कार्य भइरहेको छ। कन्ट्याक्ट ट्रेसिङपछि उनीहरुको पनि कोरोना परीक्षण गरिने उनले बताए। यसअघि वृत्तकै ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै वृत्तसँगै समुदायका ३ जनामा पनि कोरोना भाइरस संक्रमण भएको थियो। वृत्तमा कोरोना भाइरसका संक्रमित देखिए पनि सचेततापूर्वक सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक कँडेल बताउँछन्। ‘कोरोना भाइरस संक्रमित भेटिएपछि वृत्तको सेवा प्रभावित भएको छ’, उनले भने, ‘तर सेवा रोकेका छैनौं। सचेततापूर्वक सुरक्षित भएर सेवा दिइरहेका छौं।’

पछिल्लो समय भक्तपुरका कोरोना भाइरस संक्रमितहरुको संख्या तीव्र बढिरहेको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबारसम्ममा भक्तपुरका ४ सय ९१ जना संक्रमित पुगेका छन्। जसमध्ये ७७ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्। त्यस्तै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्ने संख्या ८ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.