संस्कृत विश्वविद्यालयमा विश्वभरीबाटै अध्ययन गर्न सकिने

संस्कृत विश्वविद्यालयमा विश्वभरीबाटै अध्ययन गर्न सकिने

दाङ : दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्व विद्यालय अब प्रविधिमैत्री बन्ने भएको छ । २०४१ सालमा स्थापना भएको विश्व विद्यालय अहिलेसम्म परम्परागत शैलीबाट नै सञ्चालन हुँदै आएकोमा अब प्रविधिको उच्चतम प्रयोग गरेर शैक्षिक क्रियाकलाप सञ्चालन गर्न लागेको हो । 

परम्परागत कार्यलाई रिरुत्साहित गर्दै विश्व विद्यालयका सबै कार्यक्रम प्रविधिमैत्री बनाइने र परीक्षा पठनपाठन समेत आवश्यक अवस्थामा प्रविधिबाटै सञ्चालन गर्ने गरी तयारी गरिएको संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए । 

संस्कृत शिक्षाको थलोको रुपमा विकास भएको विश्व विद्यालयले विश्वका जुन सुकै देशमा रहेका नेपालीले संस्कृत शिक्षा पढ्न चाहेमा अनलाइनमार्फत शिक्षण गराउन सकिने गरी समेत तयारी थालेको छ ।

यसका लागि विश्वविद्यालयमा रहेको प्रविधि र गुरुहरुको अभ्यासलाई बढवा दिइराखिएको कुल सचिव अधिकारीले बताए । उनले सबै प्रकारका शैक्षिक गतिविधिहरु विश्व विद्यालयको वेव साइडबाट नै नियमित रुपमा प्रकाश भइरहेको र अब परिक्षा फल मात्रै नभएर लब्धाङग पत्र समेत हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । 

कोरोना संक्रमणका बीच कसरी शिक्षालाई निरन्तरता दिने भन्ने विषयमा नेपाल संस्कृत विश्वविद्यालयले गरेको अनलाइन पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराइएको हो । कोरोना संक्रमणको जोखिमका बीच विश्वविद्यालयमा भैरहेका शैक्षिक तथा प्रबिधि सम्बन्धी कामहरुको जानकारी दिइएको थियो । 

विश्वविद्यालयका उपकुलपति रमेशप्रसाद ढकालले विश्वविद्यालयलाई संकटको बेला कसरी अघि बढाउने भन्ने बिषयमा व्यवस्थित योजना बनाएर काम गरिरहेको बताए । अनलाइन सफ्टवेयर तयार गरी प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई प्रविधिमा जोडेर काम गरिरहेको उनले जानकारी दिए । 

विश्वविद्यालयका कूलसचिव अधिकारीले लकडाउनको समयमा पनि अनलाइन पद्धतीको विकास गरी बिद्यार्थीहरुलाई शिक्षा दिइरहेको जानकारी दिए । बिभिन्न बिषयमा अध्ययन अनुसन्धान गरी विश्वविद्यालयलाई समयानुकूल विकास गर्दै लगिरहेको उनले बताए । 

विभिन्न क्याम्पसहरुको भौतिक, प्रविधि र शैक्षिक प्रगतिका लागि भएका कामहरुबारे उनले जानकारी दिए । लकडाउनकै बीच गुरुयोजना निर्माण गरी बिभिन्न शैक्षिक तथा भौतिक विकासका कामहरु भैरहेको उनले बताए । संस्कृत विश्वविद्यालयको भौतिक पूर्वाधार उपयोग गरी प्रदेश सरकारसँग समन्वय गरेर बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालन गरेको र अहिलेसम्म निरन्तर सञ्चालन भइरहेको अधिकारीले जानकारी दिए । 

परीक्षा नियन्त्रक निलप्रसाद सापकोटाले परीक्षा नियन्त्रण कार्यालयलाई पनि अनलाइन प्रबिधिमा जोडेर काम गरिरहेको बताए । परीक्षाको नतिजा अनलाइनमा राख्ने काम गरेको उनले जानकारी दिए । कोरोनाको समस्या लम्बिरहेमा परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बिषयमा छलफल भइरहेको उनले भनाइ थियो ।

चैतमा तोकेको परीक्षाहरु कोरोनाका कारण पछि सरेको र भदौमा गर्न खोज्दा पनि कोरानाको प्रभाव अझ बढी देखिएको भन्दै उनले अनुकुल वातावरण भएमा तत्काल परीक्षा सञ्चालन हुने बताए ।

परीक्षा नियन्त्रक सापकोटाले अहिले परीक्षा नियन्त्रण कार्यालयले प्रविधिलाई आत्मासाथ गर्दै लब्धाङ पत्र समेत वेब साइडमै राखिएको बताए । परीक्षार्थीलाई सहज होला भनेर सिम्बोल नं र जन्ममितिको आधारमा लब्धाङ पत्र वेवसाइडमै हेर्न सक्ने गरि प्रविधिको विकास गरिएको जानकारी दिए । यो विश्व विद्यालयको प्रविधिको उपलब्धी मुलक कार्य मान्न सकिन्छ । 

आयुर्वेद अध्ययन संस्थानका डिन डा. सञ्जय पोखरेलले आयुर्वेद शिक्षाको महत्वलाई बढवा दिइरहेको बताए । कोरोनाको समस्यालाई मध्यनजर गरी आयुर्वेदको औषधि उत्पादन र यसको उपयोगिताबारे खोज अनुसन्धान भइरहेको जानकारी दिए । प्रविधिविज्ञ दिपेन्द्र पौडेल र गोविन्द पाण्डेले विश्वविद्यालयमा जडान भएका पछिल्ला सूचना प्रविधिबारे जानकारी गरएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.