जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

काठमाडौं : भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्। 

 
कोरोना भाइरस(कोभिड १९) सक्रमणबाट रोजगारी गुमाएर फर्किन बाध्य भएका १७ जना कामदारलाई त्यहाँको अध्यागमनले रोकेपछि हैरानीमा परेका छन्। कोभिडपछि भिसा सकिएकालाई जरिवाना नलगाउन सरकारले आग्रह गरे पनि पछिल्लो समयमा भिसा सकिएकालाई युएईले जरिवाना लगाएको हो। 
भिसा ससिकएका कतिपयको एक हजार सातदेखि एक हजार आठ सय दिरामसम्म जरिवाना तिर्नुपर्ने देखिएको बुझिएको छ। थोरै जरिवाना तिर्नुपरेका कामदारले जरिवाना तिरेर स्वदेश फर्किएका छन्। 

नेपाल एयरलाईन्सका प्रवक्ता अर्चना खड्काले धेरै नेपालीले जरिवाना तिर्नुपर्ने देखिएपछि जहाज उडान समयभन्दा चार घण्टा ढिलो भएको बताइन्। ‘जरिवाना तिर्नुपर्नेबारे यात्रुहरुलाई पनि थाहा हुँदैन’, उनले भनिन्,‘मुलुक छोड्दा मात्रै जरिवाना तिर्न धेरै देखिएपछि १७ जनालाई त्यहीं छोडेर जहाज नेपाल आएको हो।’

उनका अनुसार अरु भिसा सकिएकाले जरिवाना तिरेर स्वदेश आएको बताइन्। १७ जनाको जरिवाना धेरै भएकाले ल्याउन नसकिएको उनको भनाइ छ। आरए (२२९२) बाट सोमबार दुबईबाट दुई सय ५८ जना नेपाली स्वदेश फर्किएको एयरलाइन्सले जनाएको छ। कोरोनाका कारण स्वदेश आउन नपाएका नेपाली भिसा सकिएको जरिवाना तिर्नु पर्दा थप तनावमा परेका छन्। एयरलान्सकी प्रवक्ता खड्काले नियमानुसार केही शुल्क काटेर आउन नपाएका १७ जनाको टिकटको पैसा फिर्ता गर्ने बताइन्। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले ओभरस्टे त्यहाँको सरकारी नियम भए पनि अहिले नियमित उडान नहुँदा कामदार ओभरस्टे बस्न बाध्य हुनुपरेको बताए। ‘त्यहाँको सरकारले दुई महिनाअघि नै जाने भए जाउँ ओभरस्टे भएमा जरिवाना लगाउँछौं भनेकै हो’, उनले भनिन्। कोरोना भाइरस(कोभिड १९) का कारण कामदार समयमै आउन नपाएकाले जरिवाना तिर्नुपर्ने समस्या आएको भए पनि दुर्तमार्गबाट कुनै उपाय अपाउन सकिनेबारे छलफल सुरु भएको उनको भनाइ छ। 

म्यानपावर कम्पनी र त्यहाँको रोजगारदाता कम्पनीले ओभरस्टेको शुल्क तिरिदिन पनि सक्छन्। त्यसका लागि म्यानपावरलाई पनि अनुरोध गरिएको महानिर्देशक दाहालले बताए। रोजगारदाता तथा यहाँको कम्पनीले पनि भर्न सक्छन्। कुन माध्यमबाट कसरी गर्ने भन्ने विषयमा छिट्टै निचोडमा पुग्न सकिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.