लमजुङमा १४ दिने बालकसहित २६ जनामा कोरोना संक्रमण

लमजुङमा १४ दिने बालकसहित २६ जनामा कोरोना संक्रमण

बेंसीसहर : लमजुङमा मंगलबार बिहान १४ दिनको बालकसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १६ पुरुष र १० महिला गरी २६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

लमजुङमा कार्यरत नेपाल प्रहरीका ३ पुरुष र एक महिला, जिल्ला सामुदायिक अस्पतालमा वार्डमा रहेको १४ दिनको बालकसहित ५ जना, अस्पतालमा कार्यरत एक पुरुष कर्मचारी, बेसीसहरमा कार्यरत एक सञ्चारकर्मी महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यस्तै कन्ट्याक ट्रेसिङबाट लमजुङका स्थानीय ६ महिला र ९ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २१५ जना पुगेका छन्, भने उपचारपछि घर फर्किएको संख्या ११३ जना पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

लमजुङमा हालसम्म आइसोलेसनमा बस्नेको संख्या १ सय २ जना पुगेको छ । तर, जिल्लामा आइसोलेसन क्षमता १ सय बेडको मात्र रहेको छ । आइसोलेसनमा बेड संख्या बढाउने विषयमा छलफल भइहेको प्रजिअ शर्माले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.