अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख भन्दा बढी

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख भन्दा बढी

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार त्यो विश्वभर पुष्टि भएका कुल संक्रमितको संख्यामा झण्डै एक चौथाइ हो ।

अमेरिकामा दश लाख संक्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ । पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका संक्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ। 

विश्वमा पुष्टि भएका संक्रमितको संख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको संख्या आठ लाख ४६ हजारभन्दा बढी पुगेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कतिपय खोपहरूलाई आपत्कालीन अवस्थाका लागि अनुमति दिइएकोमा एउटा चेतावनी दिँदै त्यसप्रति निकै धेरै गम्भीरता र भावना आवश्यक पर्ने जनाएको छ ।

डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सोम्या स्वामिनाथनले हरेक देशसँग पूरा परीक्षणविनै औषधि स्वीकृति गर्ने अधिकार भए पनि त्यो हलुका रूपले गर्ने विषय नभएको जनाएकी छन् । उक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायकाअनुसार यतिखेर सम्भावित ३३ वटा खोप मानव परिक्षणका लागि अगाडि बढिरहेका छन् । र थप १४३ वटा मानव परीक्षण गर्नुअघिका मूल्याङ्कनका क्रममा छन्।

युरोपमा यो साता बालबालिकाहरू स्कूल जाने तयारी गरिरहँदा यूके, फ्रान्स र स्पेनमा भने आइतवारको तुलनामा संक्रमण दर घटेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.