हिरासतमा कुटपिटपछि मृत्यु प्रकरण : प्रहरी निरीक्षकसहित दुई हवल्दार निलम्बित
रौतहट : हिरासतमा कुटपिटबाट मृत्यु भएको भन्दै मृतक बिजय रामको घटना छानविनका लागि एकजना प्रहरी निरीक्षकसहित ३ जना प्रहरी निलम्बित भएका छन् । इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका विजय रामसँग सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाई घटनाको अनुसन्धान गर्न भन्दै ६ महिनाको लागि निलम्बित गरेको हो।
प्रहरी निमावली २०७१ नियम ११५ को देहाय ४ वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि निलम्वनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको पत्र बमोजीम प्रहरी निरीक्षक नविन कुमार सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको भदौ १५ को निर्णय र प्रहरी निमावली २०७१ नियम ११५ को देहाय ४ वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिका लागि प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्वन गरेको हो।
साउन ३१ गते राती रौतहटको गरुडा नपा ८ बसविट्टी जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटीरेटी हत्या भएको र सो घटनामा अनुशन्धान गर्न बिजय राम सहित ७ जना प्रहरी पक्राउ परेका थिए। उनी हिरासतमै बिरामी परेपछि उपचारका लागि वीरगंज लगिएको थियो । मृत्यु हुनुअघि उपचारको क्रममा बिजयले बोलेको भिडियो र उनको तस्बिरर सार्वजनिक भएका छन् । उनको शरीरभरी घाउचोट लागेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएका छन् ।
निरन्जनको हत्या गरेको स्वीकार नगरेको भन्दै हिरासतमा प्रहरीले दुई दिनसम्म रड, बासको भाटा र बुटले पिटेर यातना दिएको बिजयको भिडियो पनि सार्वजनिक भएको थियो । पीडित परिवारले शव बुझेका छैन । प्रहरीविरुद्ध जाहेरी दिका लागि पीडित परिवार र दलित अगुवाबीच छलफल भइरहेको छ। दोषि प्रहरीलाई कारबाहीको माग राख्दै प्रहरी कार्यालय अगाडि दिनहुँ धर्ना र प्रर्दशन भइरहेका छन् ।