डिलाशैनीका पहिरो-पीडितको त्रिपालमुनि बास

डिलाशैनीका पहिरो-पीडितको त्रिपालमुनि बास

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका ६ सौनगाउँका पहिरो पीडित त्रिपालमुनी बस्न बाध्य भएका छन् । यही भदौ २ गतेको वर्षासँगै खसे पहिरोले ८ परिवार बस्ने ३ घर भत्काएपछि पहिरो पीडित नजिकैको विद्यालयको प्रांगणमा त्रिपाल हालेर बसिरहेको स्थानीय हरिदत्त जोशीले जानकारी दिए । उनले भने, 'डिलाशैनीका पहिरो पीडित थुप्रै समस्या झेलिरहेका छन् । उनीहरुलाई गास,बास र कपासको समस्या भएको छ ।'

स्थानीय प्रेमराम लुहार, काशीराम लुहार, नारायण लुहार, बहादुर लुहार, शिवराम लुहार, धनीराम लुहार, बीरराम लुहार र पदमराम लुहारको परिवार पहिराले घर भत्काएपछि विस्थापित भएका हुन् ।  आठ परिवारमध्ये २ परिवार नजिकैको मठैराज आधारभूत विद्यालयको कोठामा बसीरहेका छन् भने अन्य परिवार विद्यालयको प्रांगणमा त्रिपाल टाँगेर बसीरहेका छन् । पहिरोले घर भत्काएपछि घर बनाउने जमीन समेत बाँकी नरहेको स्थानीय प्रेमराम लुहारले जानकारी दिए । उनले भने, 'हामीलाई अहिले ओत लाग्ने ठाउँ छैन् । पहिरोले जमीन समेत सबै बगाईसकेको छ । हाम्रो व्यवस्था गरिदन सरकारसंग आग्रह गरिरहेका छौं ।'

अहिले आफूहरुलाई गास,बास र कपासको निकै समस्या भएको उहाँले बताउनुभयो । विस्थापित ८ वटै परिवार जमीन समेत पहिरोले बगाईसकेकाले घर बनाउन समेत जमीन बाँकी नरहेको स्थानीय बहादुर लुहारले बताए । पहिरोले विस्थापित भएपछि वडा कार्यालयबाट ४ त्रिपाल र साडा नामक गैरसरकारी संस्थाबाट ४ त्रिपाल बाहेक अन्य कुनै सहयोग प्राप्त नभएको स्थानीय काशीराम लुहारले बताए  । उनले भने, 'हामीहरुलाई दैनिक छाक टार्न मुस्किल भएको छ । कहिले सम्म विद्यालयमा बस्ने ? हाम्रो व्यवस्था गरिदिन सरकारसंग आग्रह गर्दछौं ।'

विस्थापित परिवारलाई खानेपानी,शौचालयको समेत समस्या भएको छ भने दैनिक छाक टार्न समेत मुस्कील भएको छ । त्रिपालमुनि रात काट्न निकै मुस्कील भएको स्थानीय प्रेमराम लुहारले बताए । बालबालिकहरुलाई खुवाउन लागि समेत खाना नहुँदा समस्या भएको उहाँको भनाई छ । पहिरोका कारण डिलाशैनी ६ को सौनगाउँ पुरै जोखिममा रहेको बताइएको छ । 

पहिरो पीडित सदरमुकाममा 

पहिरोले घर भत्काएपछि आफूहरुको समस्या समाधान गरिदिन भन्दै डिलाशैनीका पहिरो पीडितहरु जिल्ला सदरमुकाम पुगेका छन् । प्रमुख जिल्ला अधिकारीसंग आफ्ना समस्या राख्नका लागि आफूहरु सदरमुकाम पुगेको स्थानीय प्रेमराम लुहारले बताए । उनले भने, 'हामी अहिले विद्यालयको प्रांगणमा बसीरहेका छौं । हाम्रो जमीन पनि छैन् । अब हामीले कुन ठाउँमा बस्ने ? हाम्रो समस्या लिएर सिडिओ अफिसमा पुगेका हौं ।' पहिरोले ८ परिवारको उठीबास भएकाले वैकल्पिक व्यवस्था गरिदिन भनेर आफूहरु सदरमुकाम पुगेको उनीहरुले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.