चिनियाँ व्यापारको प्रभुत्वविरुद्ध जापान, भारत र अष्ट्रेलियाको सहकार्य

चिनियाँ व्यापारको प्रभुत्वविरुद्ध जापान, भारत र अष्ट्रेलियाको सहकार्य

टोकियो : जापान, अष्ट्रेलिया र भारतका अर्थमन्त्रीहरु भरत–प्रशान्त क्षेत्रमा आपूर्ति श्रृंखला लचिलो बनाउन सहमत भएका छन् ।

व्यापारमा चिनियाँ प्रभुत्व प्रतिरोध गर्न तीन देशहरुबीच भएको सहमतिका आधारमा मंगलबार उनीहरु मिलेर सहकार्यका लागि तयार देखिएका हुन् । तीन देशका अर्थमन्त्रीहरुले संयुक्त विज्ञप्ति निकाल्दै चीनको प्रभुत्वविरुद्ध आपूर्ति तथा व्यापारको लागि पहल गर्ने भएका हुन् ।

जापानी अर्थमन्त्री हिरोसी काजियामा, भारतका पियुष गोयल र अष्ट्रेलियन अर्थमन्त्री सिमोन बर्मिङघम उक्त मुद्दामा केन्द्रित रहेर मंगलबार भिडियो कन्फ्रेन्स गरेका थिए । साथै यस क्षेत्रमा साझा पहलका लागि सहकार्य गर्न उनीहरुले अन्य देशलाई पनि आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.