फिलिपिनो राष्ट्रपतिको आदेश : तस्करलाई गोली हानेर मार्नू !

फिलिपिनो राष्ट्रपतिको आदेश : तस्करलाई गोली हानेर मार्नू !

मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले भन्सार कार्यालयका उच्च अधिकारीहरुलाई लागूऔषध तस्करहरुमाथि गोली हान्ने र मार्ने आदेश दिएका छन् ।

राष्ट्रपतिको हैसियतमा सार्वजनिक रुपमै उनले आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले गैरन्यायीक हत्याको आदेश दिएको कुरा अस्वीकार गरेका छन् । तर लागूऔषध तस्करहरुको हत्या गर्न बारम्बार उनले आदेश दिँदैआएका छन् ।

उनी र राष्ट्रिय प्रहरीले फिलिपिन्समा लागूऔषध विरोधी अभियान सञ्चालन गर्दैआएका छन् । पछिल्लो सोमबार दुतेर्तेले भन्सार विभागका आयुक्त रे लियोनार्दो गुरेरोलाई हत्याका लागि आदेश दिएका हुन् । मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक गरिएको मन्तव्यमा उनले हत्याको आदेश दिएका हुन् ।

गुरेरो पूर्व सैनिक जनरल र सेना प्रमुख हुन् । जसलाई दुतेर्तेले सोमबार मनिलास्थित राष्ट्रपति कार्यालयमा भेट पनि गरेका थिए । दुतेर्तेको लागूऔषधविरोधी अभियानको क्रममा ५ हजार ७ सय भन्दा धेरै लागूऔषध शंकास्पदहरुको हत्या भइसकेको छ । तर पश्चिमा देशहरुबाट दुतेर्ते सरकार मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचित बन्दैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.