पौडी खेल्दा वेपत्ता युवकको शव भेटियो

पौडी खेल्दा वेपत्ता युवकको शव भेटियो

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित बोझिनी कृत्रिम पोखरीमा पौडी खोल्न जाँदा वेपत्ता युवकको लास मंगलबार फेला परेको छ । पाँचथर तुम्बेवा गाउँपालिका ४ घर भई हाल सुडाल बस्ने २५ वर्षीय अमन भनिने योगेन्द्र लिम्बू सावा उक्त पोखरीमा पौडी खेल्न जाँदा डुबी बेपत्ता भएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार सुरक्षाकर्मीको उद्धार टोलीले पोखरीको लेदोमा गाडिएको अवस्थामा लिम्बूको लासलाई फेला पारिएको हो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले कानुनी प्रक्रिया पूरा गरी लासलाई पोस्टमार्टमको लागि चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं मेकिडल कलेज शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

मृतक योगेन्द्र प्रकाश लिम्बूसँग सोमबार पौडी खेल्न भनी बोझिनी कृत्रिम पोखरी पुगेका थिए । प्रहरीले प्रकाशसँग घटनाबारे सोधपुछ गरेको जनाएको छ । सुरक्षाकर्मीले सोमबार नै मृतक योगेन्द्रको उद्धार प्रयास गरेको थियो । 

तर वर्षाको कारण हुन नसकेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरी बताउँछन् ।मंगलबार भक्तपुर प्रहरी, सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गण र काठमाडौंको सिनामंगलस्थित सशस्त्र प्रहरीको २० नं. गण विपद व्यवस्थापन उद्धार टोलीको गोटाखोरले पोखरीभित्र पसेर खोजी गर्ने क्रममा योगेन्द्रको शव लेदोमा गाडिएको अवस्थामा भेट्टाएको हो ।

स्थानीयका अनुसार उक्त कृत्रिम पोखरीमा यससँगै दुईजनाले ज्यान गुमाएका छन् । सुडालमा सिंचाइ सुविधाको लागि बोझिनी खोलामा बाँध निर्माण गरी उक्त कृत्रिम पोखरी निर्माण गरिएको हो । यसै वर्ष पोखरीको आधार दोब्बर फराकिलो बनाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.