छिटो छरितो अनुसन्धान थाल्न गाउँलेको दबाव
जोमसोम : वारागुङ मुत्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथमा गत श्रावण २४ गते मृत अवस्थामा फेला परेको एक ८२ वर्षीय वृद्ध महिलाको प्रहरी अनुसन्धानकार्यलाई तीब्रता दिई घटनाको सत्यतथ्य बाहिर ल्याउन मौखिक माग राख्दै मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङ समक्ष स्थानीयबासीले ध्यानार्कषण गराएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारी समक्ष घटनाको चाँडो भन्दा चाँडो सत्यतथ्य छानविन गर्न वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगत मुक्तिनाथ ,झारकोट र खिङ्गा गाउका स्थानीयले ध्यानआर्कषण गराएको मुक्तिनाथका स्थानीय समाजसेवी छिरिङधावा गुरुङले जानकारी दिए। उनले घटना घटेको २२ औं दिन पूरा भैईसकेको र आफुहरु अझै अन्योलमा रहेकाले वास्तविकता थाहा पाउन प्रहरी कार्यालयमा गाउले उपस्थित भएको बताए।
गत श्रावण २४ गते ८२ वर्षीया वृद्धा भुटिक गुरुङको लास मृत भेटिएको थियो। मृत भेटिएकी वृद्ध महिला श्रावण २१ गते यार्तुङ पर्वको पहिलो दिनपछि गाउमा देखिएकी थिईनन्। उनी आफै कालगतिले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बिषयमा प्रहरी अनुसन्धान जारी छ। यद्यपी स्थानीयले प्रहरी समक्ष बताए अनुसार मृत भेटिएकी बृद्धको साथमा रहेका केही धनमाल हराएकाले घटना मृत्यु नभई हत्या भएको होकी भन्ने आशंका व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक भण्डारीले घटनाको सत्यतथ्य अनुसन्धान भईरहेको स्थानीय समक्ष जानकारी दिए। घटनाको पुरै टुङगोमा नपुगेर र सत्यतथ्य बुझ्ने काम भईरहेको बताए। उनका अनुसार मृतक बृद्धको पोष्र्ट मार्टम भईसकेको र वास्तविकता पत्ता लाग्न भेसेरा रिपोर्ट आउन बाकी रहेको जनाए।
प्रहरी कार्यालयका अनुसार मृत बृद्धको यसअघि भिसेरा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौंमा पठाईएको स्थानीयबासीलाई जानकारी गराए।