बेलायती खोप परीक्षण ३० हजार व्यक्तिमा

बेलायती खोप परीक्षण ३० हजार व्यक्तिमा


वासिङ्टन : बेलायती औषधि निर्माता एस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्त राज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको छ। सोमबार जानकारी दिइएअनुसार, अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो भएको छ। अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकसित यो खोपलाई अमेरिकी संघीय सरकारको समर्थन छ।

यसका प्रतिद्वन्द्वी मोडर्ना र फाइजर÷बायोएनटेक यसअघि नै तेस्रो चरणको परीक्षणमा गएका छन्। यी कम्पनीलाई पनि संघीय सरकारको कोष उपलब्ध गराइएको छ ।एस्ट्राजेनिकाले अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ।

यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा कोरोना संक्रमणको जोखिमको खतरा भएका व्यक्तिलाई दिइनेछ। परीक्षणका क्रममा सहभागीलाई चार साताको अन्तरालमा दुई वटा सक्रिय डोज दिइनेछ। हाल एस्ट्राजेनेकाको तेस्रो चरणको परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पनि भइरहेको छ भने जापान र रुसमा पनि यसको परीक्षण गरिने योजना रहेको छ ।

यस कामका लागि अमेरिकामा ३० हजारसहित ल्याटिन अमेरिका, एसिया, युरोप र अफ्रिका गरी विश्वव्यापी रूपमा ५० हजार स्वयंसेवक सम्मिलित गराइने कम्पनीले जनाएको छ। प्रयोगात्मक नाम एजेडडी १२२२ राखिएको यो खोपमा चिम्पान्जीलाई संक्रमित गर्ने सामान्य रुघाखोकीको भाइरसको कमजोर संस्करण र प्रतिरक्षा प्रणाली बढाउन कोभिड— १९ गराउने भाइरसको प्रोटिन प्रयोग गरिनेछ। एस्ट्राजेनेकाले जनवरी २०२१ सम्ममा प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित काम अगाडि बढाएको छ । (सीएनएन)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.