अवार्डभन्दा मास्कको चर्चा

अवार्डभन्दा मास्कको चर्चा

न्युयोर्क : गायिका लेडी गागाले सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड (भीएमए) मा सबैभन्दा बढी अवार्ड हात पारेकी छन्। उनले आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड पोल्टामा पारिन्।

अवार्ड वितरण कार्यक्रममा चर्चित गायिका गागाले आफ्ना प्रस्तुतिका साथै पहिरेको मास्कले सबैको ध्यान खिच्न सफल भइन्। पाँच अवार्ड हात पारेसँगै गागाले आफ्नो प्रस्तुतिको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन्। आई गगल्ससहित उनले लगाएका मास्क सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

अत्यन्त सीमित दर्शक र प्रस्तुतिबीच ‘एमटीभी भिडियो म्युजिक अवार्ड’ यसै साता सम्पन्न भएको हो। सो अवसरमा विश्व चर्चित साउथ कोरियन ब्यान्ड बीटीएसले आफ्नो डेब्यु अंग्रेजी बोलको गीत प्रस्तुत गरेको  थियो। बीटीएसले मनोनीत भएको बेस्ट पप, बेस्ट के पप तथा बेस्ट ग्रुप यी तीनै विधामा अवार्ड हात पार्‍यो। कार्यक्रममा माइली साइरसले पनि प्रस्तुति दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.