५ औद्योगिक क्षेत्र यसै वर्ष

५ औद्योगिक क्षेत्र यसै वर्ष

काठमाडौं : पाँच वटा औद्योगिक क्षेत्र यसै वर्ष निर्माण सुरु हुने भएको छ। झन्डै एक दशकदेखि चर्चाको शिखरमा रहेको औद्योगिक क्षेत्र यस वर्ष भने निर्माणको चरणमा पुगेका हुन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले झापाको दमक, सर्लाहीको मुर्तिया, मकवानपुरको मयुरधाम र चितवनको शक्तिखोर र बाँकेको नौबस्तामा यसै वर्ष निर्माण कार्य सुरु हुने बताए। रूपन्देहीको मोतीपुर र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय भए पनि यस वर्ष जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सकिने सचिव घिमिरेले बताए। सरकारले कर्णाली प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माण तयारी गरेको छ। 

सात स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरे पनि जग्गा प्राप्तिमै सरकार रुमल्लिएको थियो। जग्गा प्राप्ति र वन क्षेत्रको समस्याले गर्दा लामो समयदेखि प्रक्रिया अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ। सचिव घिमिरेले यसै वर्ष पाँचवटा औद्योगिक क्षेत्रको निर्माण शिलान्यास गर्ने योजना बनेको बताए। झापाको दमकमा २१ बिघा जमिनमा औद्योगिक क्षेत्र निर्माण हुनेछ। करिब १५ सय बिघामा औद्योगिक क्षेत्र बनाउन सकिने भए पनि थप ६ बिघा जग्गा प्राप्त गर्न सकिने अवस्था भएकाले प्रक्रिया अघि बढाएको छ। दमकमा जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेकाले यहीँ आर्थिक वर्षभित्र शिलन्यास हुने गरी काम अघि बढेको सचिव घिमिरेले बताए। 

लामो समयदेखि मयुरधामको जग्गा प्राप्ति वन मन्त्रालयमा अडकएको थियो। ‘अहिले जग्गा प्राप्ति अघि बढेको छ। यसै आर्थिक वर्षमा काम सुरु हुन्छ’, सचिव घिमिरेले भने। हेटौडा र शक्तिखोरको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूरा भएको छ। ‘अन्य क्षेत्रमा पनि जग्गा प्राप्ति र ईआईएको समस्या सल्टेको छ। उनले भने, ‘सात मध्ये ५ वटा औद्योगिक क्षेत्र द्रूत गतिमा अघि बढेको छ।’ मोतिपुर दजीको पनि केही जग्गा प्राप्त र वनसँग ईआईए यहीँ आर्थिक वर्षमा सकिने सचिव घिमिरेले बताए। ‘सातमध्ये दुईतीनवटामा अझै थप काम गर्न बाँकी भए पनि यस वर्ष ५ वटा औद्योगिक क्षेत्रको निर्माण सुरु हुन्छ’, उनले भने। 

पछिल्लो समय औद्योगिक क्षेत्र घोषणा तथा निर्माण गर्न सरकारले उच्च प्राथमिकता दिएको छ। सरकारले विगत केही वर्षदेखि बजेट उपलब्ध गराए पनि जग्गा प्राप्ति, वातावारणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत समस्याले औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको थिएन।  देशभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। बालाजु, भक्तपुर, पाटन, धरान, बुटवल, नेपालगञ्ज, पोखरा, वीरेन्द्रगर, हेटौडा र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा छन्। अहिले सञ्चालनमा आएका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगभन्दा आयातित सोरुमले प्राथमिकता पाएका छन्। 

तर, अब बन्ने औद्योगिक क्षेत्रमा भने उत्पादमूलक उद्योगले मात्रै प्राथमिकता पाउनेछन्। एउटा उद्योगमा एकैखालको उत्पादन र फरक क्षेत्रमा फरकखालको उद्योग खोल्न प्राथमिकता दिने सरकारको तयारी छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अन्य सम्भावित औद्योगिक क्षेत्रको पनि अध्ययन गरिरहेको छ। 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले देशको औद्यौगिक विकासका लागि औद्योगिक क्षेत्र घोषणा गर्दै पूर्वाधार निर्माणको तयारी गरेको बताए। घोषणा भएका सातवटाको निर्माण छिट्टै सुरु हुने र अन्य सम्भावित क्षेत्र पनि खोज्ने उनले बताए। 
घोषणा भएका औद्योगिक क्षेत्रको निर्माण छिट्टै सुरु हुने र अन्य सम्भावित क्षेत्र पनि खोज्ने उनले बताए। उनका अनुसार सर्लाहीको मुर्तिया, दाङको लक्ष्मीपुर, कैलालीको लम्की, तनहुँको चिन्तुटार, दैलेखको चुप्रामा औद्योगिक क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा लगिए पनि अझै घोषणा हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.