५ महिनापछि व्यावसायिक उडान खुला

५ महिनापछि व्यावसायिक उडान खुला

काठमाडौं : कोरोनाको कारण देखाउँदै स्थगन भएको करिब ५ महिनापछि कोरोना महामारीको बीचमा नै नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। भदौ १६ गतेबाट उडान खुलेपछि भदौ १७ गते बुधबार काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण हुने भएका छन्। दैनिक ५०० यात्रुको चाप रहने गरी २ देखि ३ वटा सम्म उडान हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको दोहा र दुबईबाट दैनिक उडान

भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय जहाज सशर्त खुलाउने निर्णय गरेको थियो। मंगलबार राति १ बजे नेपाल वायुसेवा निगमको जहाज ४८ जना यात्रु बोकेर जापानको नारिता उडान भर्दै छ भने भदौ १७ गते नारिताबाट २१३ यात्रु लिएर निगमको जहाज काठमाडौं अवतरण गर्ने प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। 

यस्तै मलेसियाको मालिन्दो एयर पनि बुधबार ३ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने र ४ बजे फर्किने तालिका रहेको विमानस्थल प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए। मलेसियाबाट कति यात्रु नेपाल आउने र नेपालबाट कति फर्किने भन्ने तथ्यांक आइनसकेको कर्णको भनाइ छ। 

सरकारको निर्देशन अनुसार नियमित उडानका लागि विमानस्थल पूर्ण रूपमा तयार रहेको प्रवक्ता कर्णले स्पष्ट पारे। ‘भिसासम्बन्धी सरकारको निर्देशन अनुसार अध्यागमनले हेर्छ, स्वास्थ्यसम्बन्धी निर्देशन स्वास्थ्य मन्त्रालयद्धारा स्थापित हेल्थ डेस्कले हेर्छ, रनवे, ट्याक्सी वे, टर्मिनल बिल्डिङ विमानस्थलले हेर्छ, यात्रुलाई आगमन कक्षबाट होल्डिङ सेन्टरसम्म पु¥याउने काम सेनाले हेर्छ। सबैले आफ्नो जिम्मेवारी सम्हाल्ने विमानस्थल प्रवक्ताको भनाइ छ। 

सरकारले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकामा मलेसियासँगै टर्कीको इस्तानाबुल, कोरियाको सिओल, चीनको गोन्जाओ, सारजहा, कतारको दोहा र दुबईबाट नेपालमा दैनिक उडान हुनेछन्। यी बाहेक नेपाली वायुसो कम्पनीहरू नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि जापानको नारिता, चीनको चङगुइङ, मलेसियाको क्वालालम्पुर, युनाइटेड अरब इमिरेट्को आबुधाबी र दुबई र हङकङमा उडान भर्ने तालिका सार्वजनिक भएको छ।

नियमित उडान तालिक एक महिनाका लागि सार्वजनिक गरिएको छ। परिस्थिति अनुसार तालिका हेरफेर हुन सक्ने उड्डयन प्राधिकरणले जानकारी दिएको छ। भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि नेपाली नागरिक, विदेशी दातृ संस्थामा कार्यरत र कूटनीतिक नियोगका प्रतिनिधिबाहेक अन्य विदेशी पर्यटक नेपाल आउन नपाउने भनिएको छ। सरकारले भदौ १६ गतेबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए पनि चार्टर्ड तथा उद्घार उडानलाई पनि निरन्तरता दिने भएको छ। नियमित उडान हुन नसक्ने मुलुकमा चार्टर्ड उडान गरिने पर्यटन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ। 

आन्तरिक उडान भने अझै भदौ ३१ गतेसम्मका लागि स्थगित गरिएको भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। यसअघि सरकारले भदौ १ गतेबाट नै आन्तरिक तथा बाह्य उडान खुलाउने भनेको भए पनि कोरोना संक्रमण फैलिन क्रम बढेसँगै सबै उडान स्थगित गरेको थियो। आन्तरिक हवाई कम्पनीले उडान सञ्चालन गराउन सरकारसँग माग गर्दै सुरक्षा संयन्त्र पालना गरेर उडानका लागि तयार रहेको बताउँदै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.