सत्तारुढ दलले प्रधानमन्त्री आबेको उत्तराधिकारी सेप्टेम्बर १४ मा छान्ने
टोकियो : प्रधानमन्त्री सिन्जो आबेको उत्तराधिकारीका लागि सेप्टेम्बर १४ मा चुनाव हुने भएको छ। जापानी सत्तारुढ दल लिबरल डेमोक्रेटिकले उनको उत्तराधिकारीका लागि पार्टीमा चुनाव गर्न लागेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्रेटिकको बुधबार बसेको बैठकले चुनावको मिति तय गरेको हो। चुनावमा लड्न नेताहरूले सेप्टेम्बर ८ मा मनोनयन दर्ता गराउनुपर्ने छ।
प्रधानमन्त्री आबेले स्वास्थ्य समस्याका कारण आफ्नो कार्यकाल पूरा नभई पदबाट यसै साता राजिनामा दिइसकेका छन्। उनको राजिनामासँगै रिक्त हुने पदका लागि पार्टीमा चुनाव हुन लागेको हो।