चरिकोटमा थप ७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या १८ पुग्यो

चरिकोटमा थप ७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या १८ पुग्यो

दोलखा : प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमणमुक्त भएर बुधबार डिस्चार्ज भएका छ्न् । कोरोना भाइरस संक्रमण देखिए पछि चरिकोट आइसोलेसनमा राखिएका उनीहरुको पुनः गरिएको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि ४ महिला र ३ पुरूष गरी ७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । 

कोरोना संक्रमण जितेर घर फर्किनेहरुमा ४ एनजिओकर्मी, २ सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले बताए । यो सहित बुधबारसम्म दोलखामा कोरोना जित्नेहरूको संख्या ६ महिला र १२ पुरूष गरी १८ जना पुगेको छ ।

बुधबार कोरोना संक्रमण मुक्त हुनेहरुको स्वाब भदौ २ संकलन गरिएकोमा १० दिनपछि पुनः भदौ १२ गते परीक्षण गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो । दोलखाबाट स्वाब संकलन गरिएकामध्ये बुधबारसम्ममा ११ महिला र २० पुरूष गरि ३१ जनामा कोरोना संक्रमण देखिएको छ। 

संक्रमण मुक्त हुनेहरूमा चितवनको तालिमबाट फर्केका एनजीओकर्मी इन्दिरा अर्याल, गंगा रिमाल, सुमन श्रेष्ठ, सिर्जना थामी रहेका छन् । स्वास्थ्यकर्मी पन्जु तामाङ तथा प्रहरीद्वय राम ठाकुर र कृष्ण कुमार यादब बुधबार डिस्चार्ज भएको प्रमुख झाले जनाए । निको भएर फर्केका हुन्। 

कोरोना संक्रमण मुक्त भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका स्वास्थ्यकर्मीको टोलीले बिदाई गरेका थिए । प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा। बिनोद दंगालले उनीहरुलाई कोरोना संक्रमण मुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लामा अझै ८ पुरूष र ५ महिला गरि १३ जनाको विभिन्न स्थानका आईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.