कोभिड अस्पताल भैरहवामा ६५ वर्षीया महिलाको मृत्यु

कोभिड अस्पताल भैरहवामा ६५ वर्षीया महिलाको मृत्यु

भैरहवा : भैरहवास्थित कोभिड १९ भीम अस्पतालमा उपचारत नवलपरासी जिल्ला राम्रगाम नपा ५ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ। बुटवलमा उपचारत उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड भीम अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप, र निमोनियाको बिरामी रहेकी उनलाई आइसीयूमा राखेर उपचार गर्ने क्रममा मंगलबार राती मृत्यु भएको भीम अस्पतालका कोभिड १९ का फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी दिए ।

'मृतक दीर्घ रोगी हुनुहुन्थ्यो र उहाँलाई निमोनिया पनि भएको थियो,' उनले भने, 'तर, राती उपचारको क्रममा मृत्यु भयो ।' कोरोना संक्रमण पुष्टि भएपनि उनको मृत्यु कोरोना संक्रमणले भएको वा अन्य कुनै कारणले त्यो खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.