फूल टिप्ने क्रममा करेन्ट लागेर मृत्यु
बेनी : म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा करेन्ट लागेर बुधबार एक महिलाको मृत्यु भएको छ। घर नजिकै फूल टिप्ने क्रममा घाइते भएकी २६ वर्षीया शिला चोखाललाई घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरका अनुसार विद्युत लिक भएर फूल टिप्ने क्रममा करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ।
मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको र थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली पुगेको उनले बताए।