लमजुङमा थप एक साता निषेधाज्ञा

लमजुङमा थप एक साता निषेधाज्ञा

बेंसीसहर : कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि लमजुङमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। 

दुईसाता अघिदेखि जारी निषेधाज्ञा बुधबार साँझ ६ बजे सकिंदै थियो। आगामी २४ गते साँझ ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। जिल्लामा कोरना संक्रमितको संख्या २ सय ३३ पुगेको छ। १ सय १३ जना निको भएका छन् भने आइसोलेसनमा १ सय २० जना रहेका छन्।  

प्रशासनले कोरना संक्रमण देखिएका बेसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका र क्ब्होँलासोँथर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ। मर्स्याङ्दी र दोर्दी गाउँपालिका आफैंले पालिकामा एकसाता निषेधाज्ञा जारी गराएका छन्। निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन पाउने छैनन्। 

त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर मैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंक्षी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन, अनुमती प्राप्त सवारीसाधन बाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ।

अत्याश्यक उपभोग्य बस्तु बिक्रि गर्ने, खाद्यन्न तथा तरकारी, पेट्रोलम पप्प, ग्याँस, डिपो, औषधी पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्यापार व्यवसाय गर्न नपाउने भएको छ। तर खाद्यन्न र तरकारीको लागि भने निषेधाज्ञा ती क्षेत्रमा बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.