भारतमा एकैदिन ७८ हजार भन्दा बढी कोरोना संक्रमित थपिए
नयाँदिल्ली : कोरोना भाइरसबाट भारतमा कुल संक्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । बुधबारसम्म संक्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो। तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कुल संक्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना संक्रमित अवस्थामै रहेका छन् ।