कोरोना कहरले रोकियो कालोपत्रे

कोरोना कहरले रोकियो कालोपत्रे

जोमसोम : उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी/जोमसोम/कोरला सडक आयोजना अन्तर्गत बेनी-जोमसोम ७६ किमी सडकको प्याकेज नम्बर-४ को कोवाङ-जोमसोमबीचमा गर्ने भनीएको कालोपत्रे तैयारीको काम कोरोना कहरका कारण रोकिएको निर्माण कम्पनीले जनाएको। यस्तै,बेनी-जोमसोम सडकको मुस्ताङ खण्डको प्याकेज ३ को लेते-कोवाङ सडकमा पनि कालोपत्रे गर्ने अन्तिम तयारीमा थियो।

बेनी-जोमसोम-७६ किमी सडकको ११ मिटरको दुईलेन सडकमा करिब ८ मिटरको अस्फाल्ट कालोपत्रे विस्तारको लागत २ अर्ब ६० करोड विनियोजन भएको थियो। उत्तरी कोरलानाकासम्म सडक सञ्जाल विस्तार गरी व्यापार तथा पारवाहनमार्ग खुलाउने उद्देश्यले सरकारले २०७४ सालदेखि बेनी-जोमसोम-कोरला सडकको स्तरोन्तिकार्य अघि बढाएको हो। सम्झौता अवधि साढे २ वर्ष तोकिएको बेनी-जोमसोम सडकको म्याग्दीखण्डमा बर्खायामको बाढी/पहिरो र नदी कटान र मुस्ताङ खण्डमा हिउँदयामको असन्तुलित हिमपातका कारण सडक स्तरोन्नतिमा बाधा पुर्‍याएको निर्माण कम्पनीहरुले स्पष्ट पारेका छन्।

बेनी/जोमसोम सडकको सम्झौता अवधि सकिएर पहिलो पटक थपिएको म्याद असारमा सकिने भनीएपनि मंसिरसम्म म्याद थप भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ। आयोजनाले बेनी-जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न गरेको जनाएपनि प्राकृतिक प्रकोपका कारण निर्माधिन सडकमा क्षति पुगेको पाईएको छ। बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा कमजोर भुसतहका कारण बर्खायाम निर्माणधिन सडकमा क्षति पुग्ने गरेको छ।

बेनी-जोमसोम सडको चौथो प्याकेजको १६ किमी सडक मध्ये कोवाङ-जोमसोम खण्डको  ९ किमी सडकमा निर्माण कम्पनीले कालोपत्रे गर्ने तैयारी गरेको आयोजनाका सवईन्जिनीयर किरण घिमिरेले बताए। बेनी-जोमसोम चौथो प्याकेजको जिम्मा कोशी एण्ड न्यौपानेले लिएको थियो। तर, उक्त जेभीले सप्तकोशी जलाधार कन्ट्रक्सन जेभीलाई कम्पनीनै बिक्री गरिसकेकाले यसको जिम्मा सप्तकोशी जलाधारले लिएको आयोजनाले जनाएको छ।

सप्तकोशीले मुस्ताङ खण्डको कोवाङ देखि मार्फा सम्म कालोपत्रे गर्न आवश्यक ईकुमेन्ट र मेट्रियल जुटाउदै गरेको थियो। कालोपत्रेका लागि गिट्टी समेत बन्दोबस्त गरिसकेको थियो। कालोपत्रेका लागि केही उपकरण निर्माण स्थलमा आईसकेका थिए भने केही उपकरण आउने क्रममा थियो। सप्तकोशीले चालु आर्थिक वर्षको दशै अगाडीनै कालोपत्रे सम्पन्न गर्न २ महिनाअघिनै बिटामिन निर्माणस्थल ल्याईपुर्‍याएको सवईन्जिनीयर घिमिरेले जानकारी दिए। मुस्ताङमा ट्राययलको रुपमा कालोपत्रे गर्नका लागि केही सेम्फल नमूना ल्याब टेस्टका लागि काठमान्डौं पठाईसकेको छ। चौथो प्याकेजको १६ किमी सडक मध्ये जोमसोम बजारक्षेत्रको १ किमी सडकमा आरसिरी ढलान गर्नुपर्ने हुन्छ।

यस्तै बेनी-जोमसोम सडकको तेश्रो प्याकेजको जिम्मा पाएको शर्मा गजुरमुखि जेभीले पनि सप्तकोशी जस्तै  प्याकेजको १६ किमी मध्ये ८ किमी सडकमा अस्फाल्ट कालोपत्रे गर्ने योजना बनाएको प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए। शर्मा गजुरमुखिले त्यस खण्डको लेते देखि कोवाङसम्म कालोपत्रे गर्ने जनाएको थियो। तर , कालोपत्रेका लागि केही सडक फिनिसिङको काम बाकी रहेको र त्यसलाई कोरोना कहरले असहज तुल्याएको प्रोजेक्ट म्यानेर न्यौपानेले उल्लेख गरे।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमा प्राकृतिक प्रकोपले निर्माणकार्यमा असहज तुल्याए पनि जोमसोम-कोरला १ सय १० किमी ग्राभेल सडकको ७ प्याकेज मध्ये ४ वटा प्याकेजको काम आयोजनालाई हस्तान्तरण भईसकेको करिडोरले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.