प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो।

ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। ‘अहिले भारतले क्रिप्टोकरेन्सी सुरु गरेको छ’, ट्वीटरमा भनिएको छ, ‘कोभिड–१९ का लागि म तपाईँ सबैसँग प्रधानमन्त्री राष्ट्रिय राहत कोषलाई यसमार्फत् दान गर्न अपील गर्दछु।’

भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन्।

प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरका प्रवक्तालाई उद्दृत गर्दै बीबीसीले जनाएको छ। ‘सक्रियताका साथ हामी अनुसन्धान गरिरहेका छौँ’, ट्वीटरले भनेको छ, ‘यस समयमा कुनै थप अकाउन्टमा असर परेको जानकारी छैन।’ अहिले भने प्रधानमन्त्री मोदीको व्यक्तिगत वेबसाइटमा ६ करोड १८ लाख फलोअर भएको ‘नरेन्द्र मोदी’ ट्वीटर अकाउन्ट लिंक भएको छ।

ह्याकरले हाई प्रोफाइल भएका व्यक्तिको ट्वीटर अकाउन्ट ह्याक गर्दै आइरहेका छन्। यसअघि अमेरिकी राष्ट्रपतिको चुनावका उम्मेदवार जोय बाइडन, पूर्वराष्ट्रपति बाराक ओबामा लगायतका ट्वीटर पनि ह्याक गरिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.