रुसी विपक्षी नेता नवेलनीको शरीरमा विषालु रसायन, के हो नभिचोक नर्भ एजेन्ट ?

रुसी विपक्षी नेता नवेलनीको शरीरमा विषालु रसायन, के हो नभिचोक नर्भ एजेन्ट ?

बर्लिन : जर्मनी सरकारले रुसी विपक्षी नेता अलेक्सी नवेलनीमा नभिचोक नर्भ एजेन्ट विष पाइएको बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवेलनी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।

चान्सलर एन्जेला मर्केलका प्रवक्ता स्टेफेन सेइबर्टले बुधबार विज्ञप्ति जारी गर्दै सैनिक ल्याबमा परीक्षण गर्दा नभिचोक रसायन पाइएको बताएका छन्। ‘निसन्देह नभिचोक समूहको रसायनिक नर्भ एजेन्टको प्रमाण भेटिएको छ’, उनले भनेका छन्, ‘जर्मनी सरकार यस्तो किसिमको हमलाको कडा शब्दमा निन्दा गर्दछ।’

उनले नवेलनीको यस किसिमको आक्रमणका सम्बन्धमा रुसी सरकारले तुरुन्त स्पष्टिकरण दिनुपर्ने समेत बताएका छन्। नवेलनी केही महिना पहिले साइबेरियादेखि हवाई यात्रा गर्ने क्रममा एक्कासी बिरामी भएका थिए। त्यसबेला उनलाई उपचारका लागि तुरुन्त जर्मनी ल्याइएको थियो। उनी अहिले पनि कोमामै रहेको बीबीसीले उल्लेख गरेको छ।

नवेलनीलाई जर्मनी पुर्‍याएसँगै उनमा नभिचोक नर्भ एजेन्ट विष रहेको बताइएको थियो। जर्मनीले त्यही बेला रुसले उनमा रसायनिक हतियारका रूपमा प्रयोग हुँदै आइरहेको नभिचोक दिएको दाबी गरेको थियो। तर रुसले भने सो आरोप इन्कार गर्दै आइरहेको छ। यसअघि सन् २०१८ मा पनि बेलायतमा रहँदै आएका पूर्व रुसी जासूस सर्गेई स्क्रिपल र उनका छोरीलाई पनि यही विषको निशाना बनाएको आरोप लगाइएको थियो। त्यसबेला पनि रुसले आरोपको खण्डन गरेको थियो।

के हो नभिचोक नर्भ एजेन्ट ?

नभिचोक नर्भ एजेन्ट एक रसायनिक हतियार हो। सन् १९७० देखि ८० को दशकमा विकसित नर्भ एजेन्टको समूहलाई नभिचोक भनिन्छ। ‘नभिचोक’ रुसी शब्द हो। यसको अर्थ ‘नवआगन्तुक’ हो।

यो सोभियत संघको फोलिएन्ट कोड नाम दिइएको एक कार्यक्रबाट विकसित गरिएको चौँथो पुस्ताको रसायनिक हतियार हो। यसबारे ९० को दशकमा डा. विल मीरजायानोवले रुसी सञ्चार माध्यमलाई बताएका थिए। त्यस लगत्तै उनी अमेरिका भागेर बसेका थिए। पछि उनले आफ्नो पुस्तक ‘स्टेट सीक्रेट्स’ मा यसको सूत्र छापेका थिए।

सन् १९९९ मा अमेरिकाका रक्षा अधिकारी उज्वेकिस्ता गएका बखत पूर्व सोभियत संघको एक रसायनिक हतियार जाँच गर्ने भट्टी नष्ट गरेका थिए। सोही भट्टीमा सोभियत संघले नोभिचोकको पनि परीक्षण गरेको डा. मीरजायानोवले बताएका थिए। सो समय अन्तर्राष्ट्रिय पर्यवेक्षकले नोभिचोकको विकास भएको कुनै भेउ पाएका थिएनन्। नोभिचोक अत्यन्तै गोप्य रूपमा विकास गरिएको थियो।

नभिचोक नर्भ एजेन्ट निकै यसका केही संस्करणभन्दा ८ गुणासम्म बढी विषालु हुने बताइएको छ। रिडिङ युनिभर्सिटीका प्राध्यापक गेरी स्टेफन्सका अनुसार यो अत्यन्तै खतरनाक हुन्छ। त्यस्तै यो पत्ता लगाउन पनि निकै गाह्रो हुने उनले बताएका छन्।

यसको लक्षण कस्तो हुन्छ ?

नभिचोक नर्भ एजेन्टले स्नायु प्रणालीलाई शून्य गराइदिन्छ। अर्थात् यसले स्नायु प्रणालीलाई निष्क्रिय गराइदिन्छ। जसका कारण शरीर बिस्तारै निष्क्रिय हुँदै जान्छ।

यस रसायनिक विषका कारण मानिसले बिस्तारै स्वास लिन गाह्रो हुन थाल्छ। डा. मीरजायनोवका अनुसार यसका तीन एन्टीडोट्स रहेका छन्। यी औषधी यसको उपचारका लागि नभई असर कम गर्नका लागि मात्र भएको उनले बताएका छन्।

डा. मीरजायनोवका अनुसार यदि कोही यस नर्भ एजेन्टको सम्पर्कमा आए उनले लगाएको कपडा तुरुन्त हटाएर साबुन पानी शरीर धुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.