भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ८४ हजार बराबर संक्रमित

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ८४ हजार बराबर संक्रमित

नयाँ दिल्ली: भारतमा महामारी कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ। गत २४ घण्टामा हालसम्मकै उच्च ८३ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत २४ घण्टामा सबभन्दा बढी पीसीआरका लागि स्वाब संकलन गरिएको थियो। ११ लाख ७२ हजार १७९ नमुना परीक्षण गर्दा ८३ हजार ८८३ मा संक्रमण देखिएको हो।

यससँगै भारतमा संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार बढी पुगेको छ। संक्रमितमध्ये गत २४ घण्टामा १ हजार ४३ जनाको ज्यान गएको छ। यससँगै मृतक संख्या ६७ हजार ३७६ पुगेको छ। त्यस्तै २९ लाखभन्दा बढी निको भइसकेका छन्।

भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.