कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय 'सिल'

कर्मचारीमा कोरोना देखिएपछि मन्त्रालय 'सिल'

सुर्खेत : कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालयद्धारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द गरिएको हो । बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सूचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।मन्त्रालयका अत्यावश्यक काम बाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ । 

मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारीलगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.