ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७,८ र ९ का ३१ घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ ।  ढोरपाटन नगरपालिका  ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । 

शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ । 

बेपत्ताको नामावलीः

१) ढोरपाटन नगरपालिका ९  द्वाल बस्ने वर्ष २०।२२ को जीवन बिक ।
२) ऐ.ऐ. बस्ने वर्ष २३।२४ को नारायण बिक ।
३) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष २०।२१ कि टेकमाया बिक ।
४) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।
५) ऐ.ऐ. बस्ने वर्ष १५।१६ कि मनिषा बिक ।
६) ऐ.ऐ. घट्टेचौर बस्ने वर्ष २८ कि शनि बिक ।
७) निजको छोरा वर्ष ९।१० को रोशन बिक ।
८) निजको छोरा वर्ष ४।५ को रवि बिक ।
९) नाम नखुलेको १५ दिनको बच्चा १ । 
१०) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि मन कुमारी बि.क. ।
११) ऐ.ऐ. बस्ने वर्ष २५।२६ कि केशमाया बिक ( लास फेला परेको ) ।
१२) ऐ.ऐ. बस्ने वर्ष २९।३० को प्रेम पुन ।
१३) ऐ.ऐ. बस्ने भुसुन्डे बस्ने वर्ष २०।३० कि कुमारी बिक ।
१४) ऐ.ऐ. बस्ने वर्ष १४।१५ को समुन्द्र बिक ।
१५) ऐ.ऐ. बस्ने वर्ष १०।१२ कि पुनम बिक ।
१६) ऐ.ऐ. बस्ने वर्ष ३०।३१ को जीत बहादुर घर्ती ।
१७)  ऐ.ऐ. बस्ने वर्ष ४३।४४ को राजु घर्ती ।
१८) ऐ.ऐ. घट्टेबोट बस्ने वर्ष ३५।३६ कि करमती बुढा ।
१९) ऐ.ऐ. बस्ने वर्ष ३५।३६ कि रिना कुमारी घर्ती ।
२०) ऐ.ऐ. बस्ने वर्ष २०।२२ कि दिलमया पुन ।
२१) निजको छोरी वर्ष ३।४ कि प्रकृति पुन ।
२२) ऐ.ऐ. बस्ने वर्ष ६०।६१ कि डोटी पुन ।
२३) ऐ.ऐ. सानो कुगु बस्ने वर्ष ३५।३६ को हेम बहादुर बिक ।
२४) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३४।३५ कि उजेली बिक ।
२५) ऐ.ऐ. बस्ने छोरा  वर्ष ८।९ को दलु बिक ।
२६) ऐ.ऐ. बस्ने  निजहरूकै बच्चा १० महिनाको नाम नखुलेको  ।
२७) ऐ.ऐ. बस्ने वर्ष ४०।४१ को कर बहादुर बिक ।
२८) ऐ.ऐ. बस्ने श्रीमती वर्ष ३७।३८ कि हस्तमाया बिक ।
२९) ऐ.ऐ.  दुनेपधेरा बस्ने वर्ष ६०।६५ कि तुलमती घर्ती ।
३०) ऐ.ऐ. लाकुरी बोट बस्ने वर्ष ५५।५६ कि कौशिला पुन ।
३१) निजको छोरा वर्ष २०।२१ को विशाल पुन ।
३२) ऐ.ऐ. पावरहाउस बस्ने वर्ष २५।२६ कि धनमाया बिक ।
३३) निजको छोरा वर्ष २।३ को नाम नखूलेको बालक  ।
३४) ऐ.ऐ. सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक को श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार । 
३५) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २४।२५ को नबिन भण्डारी ।
३६)  जिल्ला बागलुङ ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.