४५ हजार घुस मागेको आरोपमा वडाध्यक्ष पक्राउ
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई नियन्त्रणमा लिएको छ ।
एक सहकारी संस्थालाई अनुदान रकम प्रदान गर्नमा सहयोग गर्ने भन्दै ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ घुस लिइसकेको प्रमाणको आधारमा वडाअध्यक्ष पाण्डेयलाई नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।
उनले वडाअध्यक्षलाई नियन्त्रण लिई घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।