बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागि गोदार घाइते
स्याङजा : छिमेकीले बाँदर धपाउन पड्काएको बन्दुकको छर्रा लागेर अर्जुनचौपारीका ४५ वर्षे भीमबहादुर गोदार गम्भीर घाईते भएका छन्। अर्जुनचौपारी गाउँपालिकाका १ माझपाटा निवासी ६३ वर्षीय ईन्द्रबहादुर क्षेत्रीले खेतमा आएको बाँदर धपाउन भन्दै हानेको बन्दुकको छर्राले पैदलयात्री ४५ वर्षे भीमबहादुर गोदारलाई लाग्दा उनी गभ्मीर घाइते भएका हुन्।
भरुवा बन्दुक सहित क्षेत्रीलाई प्रकाउगरी नियन्त्रणमा लिएको र घाइते गोदारलाई पोखरा स्थित हस्पिटलमा उपचारका लागि पठाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।