नर्वेजियन प्रधानमन्‍त्रीलाई स्कुले बालबालिकाले सोधे : हामीसँग पर्याप्त साबुन छ त ?

नर्वेजियन प्रधानमन्‍त्रीलाई स्कुले बालबालिकाले सोधे : हामीसँग पर्याप्त साबुन छ त ?

ओस्लो : नर्वेजियन प्रधानमन्त्री एर्ना सोलबर्गले कोरोनाभाइरसको खोप पत्ता लाग्नेमा आफू ढुक्क भएको बताइन् ।

साथै बालबालिकालाई दिइने धेरै रोगका खोपमध्ये यो पनि एक हुने बताइन् । बिहीबार बालबालिकाहरुसँग उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । बालबालिकाको लागि आयोजित एक विशेष अन्तरक्रियामा सोलबर्गले यस्तो बताएकी हुन् । बालबालिकाको लागि गरिएको यो तेस्रो विशेष अन्तरक्रियामा वयष्कहरुले प्रश्न सोध्न नपाउने भनिएको थियो ।

कोरोनाभाइरसको महामारीपछि पहिलो कार्यक्रम मार्च १६ मा गरिएको थियो । जहाँ प्रधानमन्त्री सोलबर्गले बालबालिकालाई महामारीसँग डराउनु उचित भएको सुझाव दिएकी थिइन् । ‘मलाई लाग्छ कि, हामी खोप पत्ता लगाउनेछौँ, र यसको मतलब कोरोना रहिरहनेछ । तर हामीलाई यसबाट बच्ने र बिरामी नहुने खोप लगाइनेछ,’ सोलबर्गले भनिन् । प्रधानमन्त्रीले आफू सानो छँदा दादुरा लागेको जस्ता अनुभव पनि बालबालिकासँग ‘शेयर’ गरेकी थिइन् ।

तर दादुराविरुद्धको खोप अहिलेको नर्वेमा सबैजसो बालबालिकाले लगाउने गरेको उनले बताइन् । तर आफू सानो छँदा दादुरा डरलाग्दो रोग भएको बताइन् । ‘जब म सानो थिएँ, दादुरा डरलाग्दो रोग थियो । अहिले त्यसबेलाको दादुरा जस्तै कोरोनाभाइरस हुनेछ,’ उनले सुनाइन् ।

अन्तरक्रियामा बालबालिकाहरुले पनि उनीसँग यसबारे जिज्ञासा र प्रश्न गरेका थिए । बालबालिकाहरुले प्रधानमन्त्रीसँग यस्तो प्रश्न पनि सोधेका थिए कि, ‘के हामीसँग पर्याप्त साबुन छ ?’, ‘के नर्वेसँग महामारीपछि पनि पैसा रहनेछ ?’ ‘के हामीसँग राम्रो सुगन्ध आउने एन्टिब्याक्टेरिया छ ?’

प्रधानमन्त्रीले भने सुगन्ध नआउने भए पनि त्यसले काम गर्ने बताइन् । साथै कहिलेकाहीँ सुगन्ध आउने एन्टिब्याक्टेरिया पनि भेटिने बताएकी थिइन् । नर्वेमा अप्रिल २७ देखि स्कुलहरु खुलेका छन् । समर बिदापछि अगस्ट १७ देखि फेरि सञ्चालन भएका छन् । बालबालिकाहरुलाई फेस मास्क अनिवार्य नभए पनि उनीहरुले सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । नर्वेमा हालसम्म कोरोनाबाट २ सय ६४ को मृत्यु हुनुका साथै १० हजार भन्दा धेरै संक्रमित भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.