कोरोनाका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीको मृत्यु : एमनेस्टी

कोरोनाका कारण विश्वभर ७ हजार स्वास्थ्यकर्मीको मृत्यु : एमनेस्टी

लन्डन : विश्वभर ७ हजार कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मीले ज्यान गुमाएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ। बिहीबारसम्मको तथ्यांक विश्लेषणका आधारमा एमनेस्टीले सो संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको बताएको हो। 

सबभन्दा बढी मेक्सिकोमा १ हजार ३२० को ज्यान गएको छ। मेक्सिकोपछि अमेरिकामा सबभन्दा बढी १ हजार ७७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा ६३४ स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् भने भारतमा ५७३ को ज्यान गएको छ।

‘अरूलाई बचाउने क्रममा ७ हजारभन्दा बढीको ज्यान जानु भनेको अत्यन्तै खतरनाक संकट हो’, एमनेस्टीका अर्थ तथा सामाजिक न्याय विभागका प्रमुख स्टीभ ककबर्नले भने, ‘हरेक स्वास्थ्यकर्मीसँग कार्यस्थलमा बचेर काम गर्ने अधिकार रहन्छ, तर यहाँ धेरैले ठुलो मूल्य चुकाइरहेका छन्।’

स्वास्थ्यकर्मीको मृत्युदर मेक्सिको, ब्राजिल तथा अमेरिकामा अत्यन्तै भयानक रहेको पनि एमनेस्टीले भनेको छ। त्यसैले तीव्र रूपमा भाइरस फैलिरहेका भारत तथा दक्षिण अफ्रिका लगायतका मुलुकले बेलैमा स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि कार्य गर्नुपर्ने सुझाव गरेको छ।

‘विश्वव्यापी रूपमा स्वास्थयकर्मीहरूले सहकार्य गरी प्रभावकारी सुरक्षा सामग्री आदानप्रदान गर्नुपर्छ ताकि उनीहरूले कुनै जोखिमबिना कार्य निरन्तरता दिन सकून्’, प्रमुख ककबर्नले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.