दक्षिण अफ्रिकामा पीपीईको अभाव, स्वास्थ्यकर्मी आन्दोलनमा

दक्षिण अफ्रिकामा पीपीईको अभाव, स्वास्थ्यकर्मी आन्दोलनमा

केप टाउन: दक्षिण अफ्रिकाका कयौँ स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिदमा भ्रष्ट्राचार अन्त्य गर्न सरकारलाई दबाब दिन स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनकर्मी बिहीबार प्रेटेरिया र केप टाउनमा भेला भएका थिए। उनीहरूले कोरोना महामारीकाविरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीसँग पीपीई नभएकाले तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका छन्। न्यूनतम सर्जिकल मास्क समेत नभएका कारण स्वास्थ्यकर्मीको जीवन खतरामा रहेको उनीहरूले बताएका छन्।

सेप्टेम्बर १० सम्ममा पनि सरकारले माग पुरा नगरे २ लाख स्वास्थ्यकर्मी आन्दोलनमा जाने आन्दोलनको नेतृत्व गरिरहेको द नेशनल एडुकेसन, हेल्थ एन्ड एलाइड वर्कर्स युनियनले चेतावनी दिएको छ।

गत डिसेम्बरदेखि फैलिएको कोरानाबाट हाल दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ संक्रमित भइसकेका छन्। जसमध्ये १४ हजार ५६३ को ज्यान गएको छ। त्यस्तै ५ लाख ५४ हजार ८८७ निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ।

मृतकमध्ये २४० स्वास्थ्यकर्मी रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.