ढोरपाटनमा बाढी : मृतक १४ मध्ये ७ जनाको सनाखत, २४ अझै बेपत्ता

ढोरपाटनमा बाढी : मृतक १४ मध्ये ७ जनाको सनाखत, २४ अझै बेपत्ता

बागलुङ : जिल्लाको ढोरपाटनमा भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको पहिचान खुलेको छ। २४ जना अझै बेपत्ता छन्। बुधबार राति ढोरपाटन शिकार आरक्षको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटे पछि भुजीखोलामा भीषण बाढी आएको थियो।

बाढीमा परेर ज्यान गुमाएका १४ जनाको शव भेटिएको थियो। जसमा  ढोरपाटन नगरपालिका ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, वर्ष ३५ कि रिनाकुमारी घर्ती र वर्ष ३२ की करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।

मृत अवस्थामा शव फेला परेका ८ जनाको शव अझै सम्म सनाखत हुन सकेको छैन। शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ। हात, खुट्टा, टाउँको नभएको अवस्थाका क्षतविक्षत अवस्थामा रहेकाले शव पहिचान गर्न कठिनाइ भइरहेको डिएसपी रेग्मीको भनाई छ।

बाढीले ३१ घर बगाएको थियो भने ७० भन्दा बढी घरमा क्षति पुर्‍याएको  छ। बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्वार गरिएको छ। जसमध्ये गम्भीर अवस्था रहेका ढोरपाटन नगरपालिका ९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जीप पनि बगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.