अमेरिकाको चुनावमा २० लाख हिन्दू समुदायको मत निर्णायक

अमेरिकाको चुनावमा २० लाख हिन्दू समुदायको मत निर्णायक

वासिङटन : अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि विभिन्न समूह र सम्प्रदायलाई रिझाउने प्रयास भइरहेको छ ।

रिपब्लिकनको तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार छन् भने प्रतिपक्षी डेमोक्रेट्सको तर्फबाट जो बाइडेन राष्ट्रपतिका उम्मेदवार छन् । दुबै नेताबीच वाकयुद्ध चल्नुका साथै मतदातालाई रिझाउन पनि प्रतिस्पर्धा चलिरहेको छ ।

यस्तैमा अमेरिकाका विभिन्न राज्यमा हिन्दू समुदायले पनि निर्वाचन प्रभावित पार्नसक्ने बताइएको छ । इन्डियन अमेरिकन विधायक राजा कृष्णमुर्तिले अमेरिकामा रहेका २० लाख हिन्दूहरुको समुदायले कसैलाई विभिन्न राज्यमा हराउन वा जिताउन सक्ने बताए ।

मतदानको अभ्यासलाई धर्मसँग तुलना गर्दै उनले भर्चुअल सम्बोधनको क्रममा यस्तो बताएका हुन् । डेमोक्रेटिकबाट तीन पटक विधायक बनेका कृष्णमुर्तिले आफ्नो समुदायलाई जो बाइडेनको पक्षमा भोट मागेका छन् । त्यसो त, बाइडेनको उपराष्ट्रपति भारतीय मूलकी कमला ह्यारिस उम्मेदवार छिन् ।

‘मलाई लाग्छ कि, जो बाइडेनलाई जिताउनु धेरै महत्वपूर्ण छ । हिन्दू मुल्य वशुधैव कुटुम्वकमको मुल्यका आधारमा पनि हामी हरेक मानिसलाई आदर र आत्मसम्मानसाथ व्यवहार गर्छौँ,’ उनले भने ।

साथै कृष्णमुर्तिले यस वर्षको चुनाव आफूहरुको जीवनकालकै अति महत्वपूर्ण चुनाव हुने अपेक्षा गरे । आगामी नोभेम्बर ३ मा अमेरिकामा चुनाव हुँदैछ । अमेरिकाका २० लाख हिन्दू, अमेरिकन मतदानमा थुप्रै राज्यमा निर्णयक भूमिका खेल्नसक्ने बताइन्छ ।

बाइडेनको चुनावी अभियानका निर्देशक अमित जैनले भनेका छन्, ‘मतदान हाम्रो धर्म हो । र यो हाम्रो समाजको मुटुमा छ ।’ यस्तै बाइडेनको अभियानका न्युजर्सीस्थित सहायक निर्देशक निक्की शाहले पछिल्ला साढे तीन वर्षमा अमेरिकामा घृणा र अपराधका घटना बढेको भन्दै वर्तमान सरकारको आलोचना गरेका थिए ।

साहले ट्रम्पको नेतृत्वमा हिन्दूहरुविरुद्ध घृणा र अपराध तीव्र रुपमा बढेको बताए । बाइडेनले जितेमा यस्ता गतिविधि घट्नेमा आफूहरु विश्वस्त भएको इन्डियन अमेरिकन नेताहरुको भनाइ थियो ।

म्निनगर स्वामीनारायण मन्दिरका प्रवक्ता राजेश पटेलले पनि विस्तृतमा मन्तव्य दिएका थिए । उनले मन्दिर तोडफोडबारे विस्तृतमा रिपोर्ट प्रस्तुत गरेका थिए । कृष्णमुर्तिले बाइडेनलाई आस्थावान र समानताको पक्षधर नेता भएको भन्दै प्रशंसा गरेका थिए । उनले हरेक नागरिकलाई सम्मान र आदर दिनुपर्ने ठान्छन् भन्दै बाइडेनको पक्षमा हिन्दू समुदायका नेताहरुले भोट मागेका थिए । ट्रम्प हिन्दू समुदायको समर्थन पाएका एक नेता हुन् । तर पछिल्लो समय हिन्दू समुदायको प्रतिनिधित्व गर्ने भारतीय अमेरिकीहरु वर्तमान सरकारप्रति रुष्ट छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.