विद्रोह थालें हजुर !
कैले महामारी हुन्छ, कैले भोकमरी हुन्छ,
उता जनताहरू भोकै अनसन बसेका छन्,
तपाईं भन्नुस्, म विद्रोह नगरेर के गरुँ ?
जब पहुँचवाला मान्छे नै बलात्कारी हुन्छ।
भित्र भित्रै देश रित्याइसकेको हुन्छ जस्ले,
बाहिर चैं भने ऊ बढो परोपकारी हुन्छ।
अरे कोही त खबरदारी गर्न आउनुस् मसँग,
आज निर्मलाको बस्तीमा नेताको सवारी हुन्छ।
यस्तै यस्तै देखेर मैले हतियार उठाएँ महोदय !
जब बुझें, अन्याय सहने पनि ‘अत्याचारी’ हुन्छ।