रुसी खोपको सकारात्मक प्रभाव देखिदै

रुसी खोपको सकारात्मक प्रभाव देखिदै

मस्को : केही समयअघि उत्पादनका अनुमति पाएको रुसी खोपको सकारात्मक प्रभाव देखिन थालेको छ। रुसी वैज्ञानिकले द ल्यान्सेट जर्नलमा प्रकाशन गरेको पहिलो रिपोर्टअनुसार कोरोनाको सो खोपले प्रतिरोधात्मक क्षमता विकास गरेको हो।

रिपोर्टअनुसार खोप लिएका सबै जनामा एन्टिबडी विकास भएको र कुनै पनि गम्भीर किसिमका साइड इफेक्ट देखिएको छैन। तर सामान्य टाउको र जोर्नी दुख्ने समस्या भने देखिएको छ।

परीक्षणमा १८ देखि ६० उमेर समूहका ३८ जना स्वस्थ मानिस सहभागी भएका छन्। सबैलाई पहिलो डोज दिएको ३ सातापछि बुस्टर डोज दिइएको बताइएको छ। ४२ दिनसम्म गरिएको अध्ययनमा सबै सहभागीको शरीरले ३६ दिनमै एन्टिबडी विकास गरेको पाइएको हो।

रुसले अगस्टमा खोप प्रयोगका लागि अनुमति दिएको थियो। कोरोनाविरुद्ध खोप प्रयोग अनुमति दिने रुस पहिलो देश हो।

विश्वका विज्ञहरूले भने फास्ट ट्रयाकबाट खोप विकास गरिएको भन्दै यसको विश्वसनीयता तथा सुरक्षामा शंका गर्दै आइरहेका छन्। तर रुसले भने सानो संख्यामा सबै परीक्षण पूरा गरिएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.