कार्यकर्तालाई ट्रम्पको आग्रह : इमेलको व्यवस्था भयो भने दुई पटक भोट हाल्नू !

कार्यकर्तालाई ट्रम्पको आग्रह : इमेलको व्यवस्था भयो भने दुई पटक भोट हाल्नू !

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी इमेलमार्फत मतदान गर्ने व्यवस्था भयो भने आफ्ना कार्यकर्ताहरुलाई दुई पटक मतदान गर्न सुझाव दिएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नै ट्रम्प्ले शुक्रबार आफ्ना कार्यकर्तालाई यस्तो सुझाव दिएका हुन् । ट्रम्पले आफ्नो मत सफल भयो कि भएन भनेर चेक गर्नका लागि पनि दुई पटक भोट गर्नुपर्ने बताएका थिए ।

नर्थ क्यालोरिनास्थित उनले शुक्रबार राति सम्बोधनको क्रममा उनले यस्तो बताएका थिए । जुन कुरा फेसबुकमा पछि पोस्ट भएको थियो । ट्रम्पले सुरुमा आफ्ना कार्यकर्ता र मतदातालाई उनीहरु कसरी भोट गर्छन् भन्नेबारे जान्न चाहेको भन्दै व्याख्या गरे । यदी उनीहरुले इमेलबाट भोट गर्ने हो भने पनि उनीहरु आफ्नो मतदान केन्द्रमा जानुपर्ने भन्दै उनले सुझाव दिएका थिए ।

उनीहरुले आफ्नो मत गणना गरिन्छ कि डिजिटल विधिबाट राखिन्छ भन्ने थाहा पाउन पनि त्यहाँ पुग्नुपर्ने सुझाव ट्रम्पको थियो । तर यदी त्यहाँ इमेल मार्फत मतदान गरी डिजिटल माध्यम प्रयोग गरिएको खण्डमा उनीहरुले दुई पटक मतदान गर्नसक्ने भन्दै ट्रम्पले सुझाव दिएका हुन् । जुन कानुनी रुपमा दण्डनीय मानिन्छ । अमेरिकामा कोरोना महामारीका कारण थुप्रै राज्यमा इमेल मार्फत् मतदान गर्न पाउनुपर्ने माग भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.