हिन्दू मतदाता फकाउन मोदीको प्रशंसा गर्दै ट्रम्प

हिन्दू मतदाता फकाउन मोदीको प्रशंसा गर्दै ट्रम्प

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अचानक प्रशंसा गरेका छन् । विपक्षी दल डेमोक्रेटिकका नेता तथा उम्मेदवारहरुले भारतीय अमेरिकीहरुको समुदायलाई सम्बोधन गरिरहेका बेला ट्रम्पले मोदीको प्रशंसा गरेका हुन् ।

ट्रम्पले भारत भ्रमणको प्रसंग समेत जोड्दै मोदीले कठिन समयमा पनि राम्रो काम गरिरहेको भन्दै उच्च प्रशंसा गरेका हुन् । उनले मोदी आफ्नो साथी र राम्रो नेता भएको प्रतिक्रिया पनि दिएका छन् ।

शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुन् । उनले धेरै राम्रो काम गरिरहेका छन् । उनी धेरै राम्रो नेता हुन् ।” अहिले काम गर्न गाह्रो हुँदाहँदै मोदीले जे गरिरहेका छन् यो धेरै राम्रो भएको ट्रम्पको दावी थियो । उनले ट्वीटरमार्फत मोदीको कामको प्रशंसा गरेका थिए ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने चुनावमा ट्रम्पले भारतीय समुदायबाट पहिले जस्तो धेरै मत नपाउने विश्लेषण भइरहेका बेला उनले मोदीको प्रशंसा गरेका हुन् । त्यसो त, ट्रम्पका प्रतिष्पर्धी जो बाइडेन र उनीसँगै उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी कमला ह्यारिसले अमेरिकामा रहेको २० लाख भन्दा ठूलो हिन्दू समुदाय र भारतीय मूलका आप्रवासीहरुबाट राम्रो मत पाउने अपेक्षा गरिएको छ ।

कमला स्वयं भारतीय मूलकी नेत्री हुन् । बाइडेनले पनि यसबीचमा भारतीय समुदायमा भइ उनीहरुको प्रशंसा गरिसकेका छन् । ट्रम्प भने पछिल्लो समय आप्रवासीविरोधी नेताको रुपमा चिनिँदैआएका छन् । यद्यपि २०१६ को निर्वाचनमा भारतीय अमेरिकीहरुको ठूलो समूह ट्रम्पको पक्षमा थियो ।

ट्रम्पले अचानक मोदीको प्रशंसा गर्नुको पछाडि अमेरिकामा रहेका लाखौँ हिन्दू र भारतीय मूलका आप्रवासी समुदायबाट मत संकलन गर्नु एक प्रमुख कारण रहेको स्थानीय मिडिया र विश्लेषकहरुले गर्न थालेका छन् । यसवाहेक अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले केहीअघि चीनसँगको सीमा विवादमा आफूहरु भारतको पक्षमा रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.