अपहरणकारी शिक्षिका बनिन् यामी

अपहरणकारी शिक्षिका बनिन् यामी

मुम्बई : बलिउड अभिनेत्री यामी गौतम छिट्टै बेहजाद खम्बाटाद्वारा लिखित तथा निर्देशित फिल्म ‘ए थर्सडे’मा देखिँदै छिन्। यो फिल्ममा उनले नैना जैसवालको भूमिका निर्वाह गरेकी छन् जो एक स्कुलकी प्ले ग्रुपकी शिक्षिका हुन्।

यामी यो फिल्मलाई लिएर धेरै उत्साहित छिन्। उनी आफैंले फ्यानका लागि फिल्मबारे जानकारी दिँदै इन्स्टाग्राममा मेकरसँगको तस्बिर सेयर गरेकी छन्। उनले यसको क्याप्सनमा लेखेकी छन्, ‘विकेन्डभन्दा पनि धेरै अहिले ए थर्सडे’को प्रतीक्षामा छु।’ रिपोर्टसनुसार खम्बाटाको निर्देशनमा बनेको यो फिल्ममा प्ले स्कुलका बच्चालाई बन्धक बनाइएको कथा छ जसलाई स्कुलकी शिक्षिका नैनाले नै बन्धन बनाउँछिन्। उनी यही स्कुलकी शिक्षिका हुन्। उनी बिहीबार १६ बच्चालाई बन्धक बनाउँछिन्। तर उनले यस्तो काम किन गर्छिन् र यो क्रममा उनले कस्ता झन्झटको सामना गर्नुपर्छ, यो सबै जान्न दर्शक उत्साहित छन्।

यामी भन्छिन्, ‘यो फिल्म ती कथामध्यको एक हो जसलाई तपाईं नकार्न सक्नुहुन्न। निर्देशकले महिला नायकमध्ये यसलाई सबैभन्दा मजबुत बनाएका छन्। मेरो भूमिका उग्र पनि छ र मायालु पनि।’

फिल्मका निर्माता तथा आरएसभीपीका फाउन्डर रानी स्क्रुवाला भन्छन्, ‘यामी एक स्तरीय कलाकार हुन्। पर्दामा उनलाई नकारात्मक भूमिकामा हेर्नु दर्शकका लागि नौलो अनुभव हुनेछ।’ निर्माता यो फिल्म रिलज गर्न सिनेमाघर खुल्ने समय कुर्ने पक्षमा छैनन्। उनीहरू फिल्म डिजिटल प्लेटफर्ममार्फत रिलिज गर्ने तयारीमा छन्। फिल्म २०२१ सम्म रिलिज हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.