सहज बन्दै हङकङको जनजीवन

सहज बन्दै हङकङको जनजीवन

हङकङ : हङकङमा ३१ अगस्टका दिन ९ जनामा मात्र कोरोना संक्रमण देखियो। २८, अगस्टबाट क्रमशः १३, १८, १५ हुँदै कोरोना संक्रमणदरमा आशातीत सुधार देखिएको हो। विगतमा विभिन्न देशबाट फर्किएका, कोरोना संक्रमणपछि निको भएकालाई मात्र संक्रमण देखिएको थियो। विद्यार्थी, सार्वजनिक सवारीचालक, होटल रेस्टुरेन्ट आदिमा कार्यरत कर्मचारी संक्रमित भए।

अज्ञात स्रोतको रूपमा समुदायमा फैलिएको भाइरस सरकारको चासो र चिन्ताको विषय बन्यो। संक्रमण कम गर्न र थप महामारी हुन नदिन हङकङ सरकारले कडा नियम जारी गर्‍यो। सार्वजनिक स्थानमा २ जनाभन्दा बढी भेला हुन नपाउने, भेला भएमा २५ हजार डलर र ६ महिना कैद हुने, होटल तथा रेस्टुरेन्टमा अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू भयो। त्यसैगरी बेलुकी ६ बजेदेखि सिनेमा हल, डान्सबार, सार्वजनिक पार्कलगायतका स्थानलाई पूर्ण रूपमा बन्द गरियो।

यसरी करिब १ महिनाको कडा सार्वजनिक नियम पालना गर्नाले समुदायमा कोरोना संक्रमणको दर घटेको विज्ञहरू बताउँछन्। मार्गेरेट अस्पताल, संक्रामक रोग व्यवस्थापनका मेडिकल निर्देशक डा. वानसाङ टक भन्छन्, ‘समुदायमा अज्ञात स्रोतबाट फैलिएको संक्रमण हाम्रा लागि चुनौतीको विषय थियो। तर, सबैले सरकारको नियम अनिवार्य रूपमा पालना गरेका कारण हामी संक्रमण न्यूनीकरणमा केही हदसम्म सफल भएका छौं।’

सुरु भयो चहलपहल

संक्रमण दर न्यून भएसँगै होटल तथा रेस्टुरेन्टमा बसेर खान पाउने समय बेलुकी ९ बजेसम्म बढाइएको छ। यससँगै अन्य नियमलाई सहज बनाउँदै महिनौंदेखि बन्द होटल तथा रेस्टुरेन्टहरू पनि खुल्न थालेका छन्। हङकङका नेपालीमाझ चर्चित बगैंचा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसले आफ्नो फेसबुक पेजमा नयाँ मेन्यु सार्वजनिक गरेको छ। बगैंचाका म्यानेजर नरेश सुनुवार भन्छन्, ‘यो कठिन परिस्थितिमा हामी उठ्ने प्रयास गरिरहेका छौं। सेवा दिने क्रममा हामी सरकारले जारी गरेको नियमको पालना पनि गर्दै छौं।’ योसँगै दर्जन बढी नेपालीको लगानी रहेको सार्वजनिक सेवाका व्यवसायहरू पनि सुचारु भएका छन्।

निःशुल्क कोरोना जाँच

हङकङ सरकारले समुदायमा कोरोना जनचेतना र निर्मलीकरण अभ्यासका लागि सबैलाई निःशुल्क कोरोना जाँच गर्न आग्रह गरेको छ। निःशुल्क जाँचका लागि २९ अगस्टबाटै अनलाइन फाराम खुलाएको छ। ३ लाख ४० हजारले यस्तो फाराम भरिसकेका छन्। समुदायबाट संक्रमणको निर्मलीकरणका लागि सबैले अनिवार्य रूपमा कोरोना जाँच गर्नुपर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्। हङकङको कुल जनसंख्या ७.५ मिलियनलाई केही महिनाभित्रै जाँच गरिसकिने जनाइएको छ।

सिटी नं. २ का चिफ सेक्रेटरी म्याथ्यु चेउगं भन्छन्, ‘कोरोनाविरुद्धको लडाइँ निरन्तर चलिरहेको छ। तर, कोरोनाको उपयुक्त खोप प्रयोगमा नआएसम्म मानसिक रूपमा तयार हुनु आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.