मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न

मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न

धनुषा : डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ । १७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक संतोष लाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा औरहि गाँउपालिकाको वडा नं. २ स्थित देउरि परबाहामा सामाजिक दुरी कायम गरि उक्त कार्यक्रम भएको हो ।कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाइएको थियो। 

त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मंडलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहि आएको र सदैब यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त  गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गरेका छन् ।

मैथिली टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.