दूतावासले निकाल्यो उडान तालिका, स्वदेश फर्कनै सकस

दूतावासले निकाल्यो उडान तालिका, स्वदेश फर्कनै सकस

बिष्णु घिमिरे /साउदी अरेबिया  : साउदी अरेबियामा कोरोना भाइरसको असरबाट विभिन्न समस्यामा परी अलपत्र परेका नेपालीलाई स्वदेश फिर्तामा सहजीकरणका लागि नेपाली दूतावास रियाद र बाणिज्य दूतावास जेद्धाले उडान तालिका सार्वजनिक गरेका छन्  । दूतावास रियादले साउदी अरेबियाको रियाद  र दमाम सहरमा  हिमालयन एरलाइन्स र नेपाल एरलाइन्स गरी सेप्टेम्बर महिनामा १५ उडान हुने जानकारी गराएको छ भने  र बाणिज्य दूतावास जेद्धाले ३ उडान  तालिका सार्वजनिक गरेको छ । 

हालसम्म दूतावास रियाद र बाणिज्य दूतावास जेद्धाले स्वदेश फिर्ताका लागि तयार रहेका २३  हजार ५  सय २३  जनाको नामावली सार्वजनिक गरेता  पनि स्वदेश फिर्ता हुनेको लागि हवाई टिकट र पीसीआरको सही व्यवस्थापन  नहुँदा  हजारौं  नेपाली  निरास  बनेका छन्  ।  लगभग  ७  महिनादेखि  विभिन्न समस्यामा परी चार्टर उडानबाट स्वदेश फिर्ता हुने खुशीमा रहेका  नेपाली  हवाइ  टिकका लागि  ३७ (३८ डिग्री घाममा  लाइन लागेर  बस्न बाध्य छन्।  अनलाइनद्वारा  टिकट व्यवस्थापनमा  समेत समस्या  देखिएको छ । 

दूतावासले  स्वदेश फिर्तीका लागि  हवाई टिकटका लागि  सम्बन्धित ट्राभल्स एजेन्सीसँग सम्पर्क  गर्ने  जानकारी  दिएता पनि साउदी सरकारको नियमको पालनालाई मध्यनजर गर्दै  सम्बन्धित ट्राभल एजेन्सीले  व्यवस्थापनमा समयअनुरूप स्वदेश फिर्ताका लागीितयार रहेका नेपालीलाई  टिकटको व्यवस्था  गर्न  समस्या  देखिएको छ जसले गर्दा स्वदेश फिर्ताका लागि तयार रहेका हजारौं नेपालीले दुःख समेत पाएका छन् ।

बाणिज्य दूतावास जेद्धाका अनुसार कोरोनाको असर र विभिन्न कारणले  अलपत्र परेका  नेपाली  स्वदेश फिर्ताको लागी  दैनिकी  संख्यामा बढ्दो रहेको र नेपाल  सरकारले निर्धारण गरेको चार्टर उडानका लागि यात्रुले अनलाइनमार्फत  रकम डिपोजिट गरी हवाई टिकट लिनुपर्ने वाध्यता रहेको जानकारी दिएका छन् भने बाणिज्य दूत जेद्धाम मात्र स्वदेश फिर्ताका लागि  २५ सय भन्दा बढीले फारम भरेका छन् ।

दूतावास रियादले  स्वदेश फिर्ता  हुने नेपालीको सहजीकरणको लागी एरलाईनसको  उडान हुने  मितिमा आवश्यक पर्ने पीसीआर रिपोट र आवश्यक डकुमेन्टसहित उडानका लागि तयार रहन विज्ञप्ति द्वारा  जानकारी  गरेको छ ।

कार्यरत  कम्पनी बन्द भइ अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि हवाई टिकट व्यावस्थापन  गर्न समेत गार्हो रहेको अवस्थामा अहिलेको  आवश्यकता  र उडानअनुरूप एरलाइन्सलाई देखाउनुपर्ने पीसीआर रिर्पोटले थप  झन्झटिलो  बनाएको छ ।

अल अलावीर हस्पिटलमा कार्यरत  रोहित  भुसालका अनुसार  पीसीआर टेस्टिङ साउदी सरकारले  सरकारी  र सम्बन्धित हस्पिटलमा मात्र  निर्धारण  गरेको हुनाले सानातिना हस्पिटलमा यो टेस्टिङ  नहुने जानकारी दिएका छन् भने पीसीआर टेस्टिङका  लागि लगभग ४० हजार नेपाली रूपैयाँ समेत खर्च हुने अवस्था छ।

चार्टर उडानबाट स्वदेश फिर्ताका लागि आवश्यक पर्ने हवाइ टिकट, पीसीआर टेस्टिङ रिपोर्ट, रि इन्ट्री (एक्जीट भीषा आदी डकुमेन्टमा धेरै खर्चिलो भएको  कारण पीडित बनेका नेपालीले समयमा व्यवस्थापन गर्न  नसक्दा स्वदेश फिर्ता  हुनबाट बन्चित  रहनुको साथै  थप नेपाल क्वारेन्टाइन बसाईका लागि तिर्नुपर्ने रकमले  नेपाली थप निरासा  भएका छन्  भने  साउदीमा  रहेका  भातृसंगठन, एनआरएनलगायत  सम्पूर्ण  संघ संस्थाले आपत्ति व्यक्त गदै साउदीबाट हुने उडान नियमित रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।  

साउदी अरेबियामा कानुनी रूपमा ३  लाख १५ हजार नेपाली कार्यरत रहनुको साथै  कोरोना असरबाट धेरै नेपालीले रोजगारी गुमाउने  पर्ने अवस्था  छ  भने अलपत्र परेका नेपालीलाई स्वदेश फिर्तामा सहजीकरण गर्न  सम्बन्धित  निकाय र नेपाल  सरकारको  ध्यानाकर्षण  हुन जरूरी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.