भारतमा एकैदिन ८६ हजार संक्रमित थपिए

भारतमा एकैदिन ८६ हजार संक्रमित थपिए

भारतमा एकैदिन कोरोना भाइरसबाट थप ८६ हजार मानिस संक्रमित भएका छन् । शनिवार दिइएका विवरणअनुसार २४ घण्टाको अवधिमा ८६ हजार ४३२ नयाँ संक्रमित भेटिएका छन् । यो संख्या दैनिक सर्वाधिक वृद्धि हो । साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका छैनन् ।

बितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोना भाइरस संक्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै मामिला भेटिएका छन् । 

तीमध्ये साढे आठ लाख जति सक्रिय संक्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन् ।

हालसम्म त्यहाँ कोभिड-१९ का कारण ६९,५६१ मानिसको ज्यान गइसकेको छ । शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण बमोजिम संसारभरि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ६६ लाख नाघेको छ ।

कोभिड-१९ ले हालसम्म संसारका आठ लाख ७६ हजार मानिसको ज्यान लिइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.