ट्रम्पको समर्थनमा भएको र्‍यालीमा निस्किएका कयौँ डुंगा डुबे

ट्रम्पको समर्थनमा भएको र्‍यालीमा निस्किएका कयौँ डुंगा डुबे

टेक्सास : अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा निस्किएको डुंगा र्‍यालीका कयौँ डुंगा डुबेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार शनिबार दिउँसो टेक्सासको ‘ट्राभिस लेक’मा निस्किएको डुंगा परेडका चार वटा डुंगा डुबेका हुन्।

डुंगा डुबेको केही समयमै सबै जनाको सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। बारु नियन्त्रकहरूले पानीमा डुबेका दर्जनौँ व्यक्तिलाई तानेर निकालेको लेक ट्राभिस फाइर फाइटर एसोसिएसनका अध्यक्ष ब्राडन फ्रेमले बताए।

‘समान्य भन्दा धेरै डुंगाहरू तालमा देखिएका थिए’, ट्राभिस काउन्टी सेरिफकी प्रवक्ता क्रिस्टन डार्कले भनिन्, ‘जब तिनीहरू सबैले एकैपटक चल्न थाले, धेरै छालहरू उत्पन्न भए।’ उनले तत्काल डुंगाहरू कति थिए भनेर ठम्याउन पनि नसकेको बताइन्।

कोलोराडो नदी थुनेर बनाइएको ट्राभिस ताल डुंगा चलाउन र माछा मार्न र पौडी खेल्नका लागि लोकप्रिय रहेको छ।

अमेरिका आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ। यसका लागि रिपब्लिकन पार्टीबाट राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि उम्मेदवार छन् भने डेमोक्राटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जोन बाइडन उम्मेदवार रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.