रुख काट्न आदेश दिने दुई सामुदायिक वनका अध्यक्ष पक्राउ

रुख काट्न आदेश दिने दुई सामुदायिक वनका अध्यक्ष पक्राउ

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ७ का दुई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ठूलो परिमाणमा आफुखुसी रुख काट्न आदेश दिएको आरोपमा पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय गाईघाटको टोलीले शनिबार खाटमन्दिर सामुदायिक वन समुहका अध्यक्ष मोहनबहादुर कार्की र रक्तमालाका गनेबहादुर तामाङलाई पक्राउ गरेको हो । दुबैलाई वन कार्यलयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जनाइएको छ । लकडाउनको मौका छोपी वन संरक्षणको जिम्मेवारी पाएका अध्यक्षद्धय र र नमोबुद्ध टोलविकास संस्थाका अध्यक्ष लिलबहादुर तामाङको निर्देशनमा त्यस क्षेत्रका ७९ वटा रुख काटिएको आरोप छ ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको विद्युतिकरण योजना कार्यान्वयनका क्रममा रुखले अवरोध गरेपछि उनीहरुको आदेशमा स्थानीयले ९ सय ३१ क्युविफिट काठ काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काटिएका रुखमध्ये साना स्थानीय आफैँले बोकेर घर लगेको र ठूला अलपत्र अवस्थामा छोडिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सबै रुखको मुल्यांकन गर्दा आठ लाख बढिको क्षति भएको देखिन्छ । रुख कहिले कटान गरिएको यकिन नभए पनि अनुसन्धानका क्रममा साउनको पहिलो साता रुख काटिएको हुनसक्ने प्रमुख पौडेले जानकारी दिए ।

‘यति ठुलो परिमाणमा काठ काटिँदा पनि समुहका अध्यक्षले कुनै जानकारी नगराएकाले उनीहरुको नियतमाथि नै शंका छ,’ पौडेलले भने । वन रेखदेखको जिम्मेवारी पाएका हेरालुलाई समेत अध्यक्ष तामाङले रुख काटेको बारे कसैलाई खवर गरे कारवाही गर्ने धम्की दिएको बुझिएको छ ।

क्षतिको अनुगमन गर्न पुगेका डिभिजनल वन प्रमुख पौडेलले ७१ वटा साल र ८ वटा आम्ना रुख काटिएको बताए । त्यसमध्ये खाटमन्दिरको ७१ र रक्तमालाकाको ८ वटा रुख ढालिएको उनले बताए ।

वन ऐन २०७६ को दफा ४९ (छ) कसुर अनुसार राष्ट्रिय वन क्षेत्रबाट रुख विरुवा काटे, छिमले वा हानी नोक्सानी गरेमा पाँच लाख भन्दा बढि जतिसुकै विगो भए पनि विगोको दोब्बर जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.