हिमालको काखमा मनमोहक 'तिलिचो ताल'
जोमसोम : झन्डै ६ महिना अघिदेखि हिमाली सहर मुस्ताङ सुनसान छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ ले निम्त्याएको जटिल मानवीय निकास भन्दै सरकारले लकडाउन ,निषेधाज्ञा र एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगायो । कोरोनाकै कारण अन्तराष्ट्रिय हवाई उडान समेत ठप्पै भयो । जसका कारण मुस्ताङमा पर्यटक नआएपछि हिमाल सहर मुस्ताङ पुरै सुनसान छायो ।
कोरोना कहरको निरन्तरको हुटहुटीले आजित मुस्ताङबासी आफ्नै गृह जिल्ला भित्र रमाउन थाले । यसैक्रममा मलगायत मेरा केही सहकर्मी साथीले तिलिचो घुम्ने योजना बनायौं । योजना मुताविक भाद्र १५ गते सुनसान सहर छोडेर पहाड उक्लन पुग्यौं । सबै सहकर्मी मित्रको साझा सहमति अनुसार हाम्रो गन्तव्य बन्यो मनमोहक तिलिचो तालको यात्रा रफ्तार ।
तिलोचो ताल गन्तव्य यात्रा सोचेजस्तो त्यती सहज पक्कै थिएन । त्यहाँ पुग्न जोमसोमबाट पैदल यात्राबाट करिब ४ दिन लाग्थ्यो । तिलिचो मार्ग तथा तिलिचो ताल आसपास कुनै बस्ने खाने होटर तथा रेष्टुरा बनेका छैनन् ।
त्यहाँ पुगेर फर्किनका लागि खाने र बस्नेका सबै सामाग्री साथैमै लिएर जानु पथ्र्यो । हामी १५ जनाको समुह थिर्यौ । सबैका लागि पुग्ने रासन र लत्ताकपडा बोक्ने ५ वटा घोडा भाडामा लियौं । त्यसपछि हामी अघि बढ्यौं जोमसोमबाट तिलिचो गन्तव्य यात्रातर्फ ।
जोमसोमबाट हिँडेको पहिलो दिनमा हामी सबेरै नमखुलेकमा बाँस बस्न पुग्यौं । यात्राका क्रममा चाहिने सबै बन्दोवस्तीका सामान लिएर गएकाले हामीलाई कुनै चिन्ता थिएन । तिलिचो यात्रा हाम्रा लागि बिन्दास टुर्स आफ्नै सुर जस्तै थियो । जोमसोममै बस्ने भएपनि कहिल्यै तिलिचो ताल र त्यस वरपरका स्थानमा पुग्न सकेको थिएन ।
मेरा लागि यो यात्रा निकै अविष्मरणीय र फलदायी हुन्छ भन्ने आत्मविश्वाश थियो । जब पहिलो दिनमा नमखुलेकमा पुग्यौ कास्टिङमै देखियो त्यसक्षेत्र आसपासको प्राकृतिक स्वरुपको बेजोड घनिभुत सौन्दर्यता । साँझको गोधुली समय हरिया पाखा पखेरु र खर्कको सौन्दर्यतासंगै डुबुल्की मारु झै लाग्ने । त्यहाँको हरिया खर्कका बीचबीचमा चौरी गाई हुल्ने गोठ लस्करै देखिन्थे । साँझको बासपछि बिहानै उठ्यौ तिलिचो गन्तब्यका लागि ।
बिहान उठ्दा हरिया खर्कका चारैतिर याक र चौरी बथान चरिरहेको दृष्यले झनै मन भावनाभित्र बहकिन्थ्यो । आहाँ साँच्चै कति सुन्दर हरियाली प्राकृतिक दृष्य । नेपालका मनोरह हिमऋखंलाको छत्रछाँयामा यस्ता दृष्य देख्न पाईएला भन्ने कल्पना समेत थिएन । धित् मरुन्जेल नियालि रहे नमखुलेक नर्विसाउने वास्तविक स्वरुप ।
त्यसपछि हामी निस्कियौ त्यहाँबाट ठाँडो उकालो निलगिरि काँखैमा रहेको मेसोकोन्दो पास । मेसोकोन्दो उकालो यात्रा साच्चै असहज र चुनौतीपूर्ण थियो । ठाँउ ठाँउमा रोकिदै रोकिदै मेसोकोन्दो उकालो चढ्ने दुस्साहस गर्यौं । त्यहाँ कुनै पुराना ट्रेकिङ बेस समेत मेटिएकाले कतैकतै त हामी बाटो पहिचान गर्न हम्मे हम्मे पर्यो । अठोट र प्रतिवद्धताले मासिनलाई सहि गन्तव्यमा पुर्याउँछ भन्थे, हामी मेसोकोन्तो पास छिचोल्दै भोलीपल्ट सबेरै तिलिचो पुग्न सफल भयौं । साँझ हाम्रो टोलीको क्याम्पिङ त्यही तिलिचोमै भयो ।
विश्वकै भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको तिलिचो ताल विश्व पर्यटनकै एक महत्वपूर्ण गन्तव्य भएका सुनेको थिए । त्यहाँ पुग्दाँ सुनेको तिलिचो तालको त्यो वर्णन यतार्थपरक पाइयो । समुन्द्री सतहको ४ हजार ९ सय १० मिटर अग्लो उचाइमा अवस्थित तिलिचो ताल मुक्तिनाथ तिलिचो हिमाल,अन्नपूर्ण रेञ्ज र निलगिरि हिमालको काखैमा विराजमान रहेको पाइयो । आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक केन्द्र तिलिचो तालको लम्बाइ ३ दशमव ९ किलोमिटर र यसको औसत चौडाइ १ दशमलव १ दशमलव ६ किलोमिटर रहेछ ।तालको गरिराइ घनत्व ८५ मिटरको छ । पुरै तिलिचो तालको औसत क्षेत्रफल ४ दशमलव ८ वर्ग किलोमिटर रहेको छ ।
हिमालहरुको बीचमा निलो रङमा बिराजमान तिलिचो तालको निस्कलंक सङ्लो पानीभित्र हामी डुबुल्की मार्दै हामीले संसार जितेको अनुभूति त्यहाँ गर्यौं । यहाँ पुग्दा सायद जोकोही पर्यटक नलोभिने त कुरै थिएन ,जुन कल्पना गरेभन्दा पनि नितान्त फरक र यतार्थपरक । तिलिचो ताल अग्लो उचाईमा रहेको आसपासका हिमालले सृजना गरेको फुर्रर फुर्रर बतासले यहाँ बढी चिसो हुने र लेकनै लाग्न सक्ने हुन्छ ।अक्सर तिलिचो यात्रा गर्ने उपयुक्त मौसमनै असोज र कार्तिक महिना हो । त्यसो त यहाँ बशन्तऋतुको आगमनसंगै बैशाखा ,जेठ महिनामा पनि यात्रा गर्न सकिदो रहेछ ।
परापूर्वकालामा यस स्थानमा भगवान शिवले तपस्या गरी बसेको र कागबेसिनी ऋषिले ज्ञान प्राप्त गरेको भन्ने धार्मिक किवंदन्ती पनि छ । यहा तिर्थ व्रतका लागि आन्तकिर तिर्थालु तिलिचो पुग्ने गर्छन् । तिलिचो ताल मनाङ जिल्लाको खंसहार गापा-१ म अवस्थित छ । तिलिचो ताल माथिल्लो मनाङबाट ४० किमी दुरी पूरा गरी खंसहार तारे गुम्बा पुग्न सकिन्छ ।यहाँबाट श्रीखर्क हुदै करिब ७ घण्टाको पैदलपछि तिलिचो पुग्न सकिन्छ ।
विश्वकै अग्लो उचाइको तिलिचो तालमा नेपाली चलचित्र झुमा सुटिङ भएको थियो । यहा विदेशी पर्यटकले डकुमेन्टी समेत बनाउन गरेको पाइएको छ । मनाङबाट तिलिचो पुगेका पर्यटकले छोटो दुरीको फार्स पिकहुँदै मुस्ताङको ठिनी गाउँ आइपुग्न सकिन्छ ।
तिलिचो बेसक्याप्प वरपर बर्खायाममा लेकाली फूलहरु फुल्ने त्यसको गन्धले कतिपय पर्यटकलाई लेक लाग्ने सम्भावना रहन्छ । हिउँदयाममा यहाँ बढी मात्रामा हिउँ पर्ने र चिसो सिरेटो चल्ने भएकाले जान सकिदैन । आकाश खुलेर वरीपरीका दृष्य अवलोकन गर्ने उपयुक्त मौसम असोज र कार्तिक महिनानै हो । हामीसँगै गएका साथीहरुले तिलिचो तालमा राष्ट्रिय झन्डा बोकर राष्ट्रियता उजागर गर्यौं । त्यहाँ पुग्दा हामीले सगरमाथानै चढेको आभास भयो । त्यहा हाम्रो ग्रुप मात्र थिएन अरु मुस्ताङका अन्य ३ समुह पनि घुम्न आएका थिए । त्यसपछि हामीले तिलिचोमा करिब ६ घण्टा बिताएर अविष्मणीय सफल यात्रा गर्दै चौथो दिन घर आइपुग्यौं ।