इरानसँग मापदण्ड भन्‍दा १० गुणा बढी युरेनियम !

इरानसँग मापदण्ड भन्‍दा १० गुणा बढी युरेनियम !

तेहरान : इरानले अन्तर्राष्ट्रिय आणविक सम्झौताको मापदण्ड विपरीत १० गुणा बढी युरेनियम संकलन तथा भण्डार गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईईए) का अनुसार इरानको भण्डारमा अहिले २१०५ किलो युरेनियम छ । २०१५ को सम्झौत अनुसार त्यतिन्जेल इरानसँग ३०० किलोग्राम युरोनियम थियो ।

इरानले दुई स्थान नटानज र फोर्डोमा युरोनियम सम्बद्र्धन र उत्पादन गर्ने गरेको बताइन्छ । अझै एक स्थानको आणविक केन्द्र परीक्षण गरिनेछ । अर्को स्थानको नमुना अब लिने तयारीमा रहेको समाचार एजेन्सीले जनाएका छन् ।

यससँगै इरानले आणविक हतियार बनाउन सक्ला कि नसक्ला भन्ने बहस पनि सुरु भएको छ । विज्ञहरुका अनुसार इरानलाई परमाणु हतियार निर्माण गर्न १,०५० केजी युरेनियम आवश्यकता पर्छ । साथै यसबाट इन्धनको प्रयोग गरी विद्युत शक्ति निर्माण गर्न पनि सकिन्छ ।

तर अमेरिकाले सम्झौता विपरीत गएको भन्दै इरानमाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । सोही कारण अमेरिका र इरानी अधिकारीहरुबीच कडा टिप्पणी र विवाद उठ्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.